त्रिशूलीमा फेला परेका पहिचान नखुलेका शव डिएनए नमुना लिएर चैनपुर जङ्गलमा व्यवस्थापन गरिँदै
दमौली । भोटेकोशीमा आएको भीषण बाढीका कारण देवघाटस्थित त्रिशूली नदीमा फेला परेका तर हालसम्म पहिचान हुन नसकेका शवहरू व्यास नगरपालिका ५ स्थित चैनपुर जङ्गल क्षेत्रमा व्यवस्थापन गरिने भएको छ ।
भविष्यमा आफन्तले दाबी गर्न आएमा पहिचान गर्न सकिने गरी शवहरूको व्यवस्थापन गर्न लागिएको तनहुँका प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले जानकारी दिए। उनले शव व्यवस्थापन गर्नुअघि सबै कानुनी तथा वैज्ञानिक प्रक्रियाहरू पूरा गरिएको स्पष्ट पारे ।
प्रशासनका अनुसार शव पहिचानका लागि डिएनए नमुना संकलन, तस्बिर तथा अन्य आवश्यक विवरणहरू सुरक्षित राखिएपछि मात्र व्यवस्थापनको काम अघि बढाइएको हो। तनहुँ क्षेत्रमा हालसम्म ३७ वटा शव फेला परेकामा २४ वटा पोखरा पठाइएको छ भने १४ वटा शव प्रदेश अस्पताल दमौलीमा राखिएको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
दुई हप्ताभित्र गल्छी–स्याँफ्रुबेसी सडक खुलाउने तयारी, बाढीले कोल्पुखोला पुल बाङ्गियो
काठमाडौँ । रसुवा बाढीका कारण धादिङ र नुवाकोट जोड्ने कोल्पुखोला पुलमा क्षति पुगेको छ । सडक विभागका महानिर्देशक डा। विजय जैसीकाअनुसार बाढीको फ्लोका कारण पुलको बियरिङमा अत्यधिक दबाब परेपछि पुल बाङ्गिएको हो । करिव ६ सय टन वजन क्षमता रहेको पुल उचालिएर...
विश्वविद्यालयको प्रशासनिक ढिलासुस्तीको सजाय विद्यार्थीलाई दिन मिल्दैन : सर्वोच्च अदालत
काठमाडौँ । सर्वोच्च अदालतले विश्वविद्यालयको आन्तरिक सुस्तता वा प्रशासनिक ढिलासुस्तीका कारण विद्यार्थीले पाउनुपर्ने हक र सम्मानबाट वञ्चित गर्न नमिल्ने भनी व्याख्या गरेको छ । पूर्वाञ्चल विश्वविद्यालयले एलएलएम तहमा सर्वोत्कृष्ट अङ्क ल्याउने विद्यार्थ...
दशैंमा उपत्यकाबाट करिब १० लाख यात्रु गाउँ फर्किने अनुमान : दयनीय सडकले यात्रा जोखिमपूर्ण
काठमाडौँ । दशैं नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट गाउँघर फर्किने सर्वसाधारणको भीडभाड दिनप्रतिदिन बढ्दो छ। घटस्थापना सकिएसँगै दसैँलगायतका मुख्य चाडपर्व मनाउनका लागि उपत्यका छाड्ने यात्रुहरूको सङ्ख्यामा उल्लेख्य वृद्धि भइरहेको छ।
वर्षमा एकप...
काठमाडौंको न्यूनतम तापक्रम ९ डिग्री सेल्सियसमा झर्यो
काठमाडौँ । देशभर तापक्रम घट्दो र चिसो बढ्दो छ । यसै क्रममा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम झन्डै ९ डिग्री सेल्सियसमा झरिसकेको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् डेभिड ढकालका अनुसार आज बिहान ५ः४५ बजेको माप...



