आइसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोट : खेल तालिका सार्वजनिक
काठमाडौँ । नेपाल क्रिकेट संघ क्यानले नेपालमा आयोजना हुने आइसीसी महिला टी २० विश्वकप ग्लोबल छनोटको खेल तालिका सार्वजनिक गरेको छ । उक्त प्रतियोगितामा विभिन्न १० राष्ट्रको सहभागिता रहेको छ । क्यानले आज सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपाल समूह ‘बी’ मा परेको छ । नेपाली महिला क्रिकेट टोली पहिलोपटक विश्वकप एसिया छनोट पार गरेर ग्लोबल छनोटमा पुगेको हो । नेपालको समूहमा स्कटल्यान्ड, थाइल्यान्ड, नेदरल्यान्ड्स र जिम्बावे रहेका छन् ।
आगामी जनावरी १४ तारिखदेखि फेब्रुअरी १ तारिखसम्म सञ्चालन हुने उक्त प्रतियोगिताको समूह ‘ए’ मा बंगलादेश, नामिबिया, बंगलादेश, अमेरिका तथा पपुवा न्यूगिनी छन् । प्रतियोगिताको खेल मूलपानी क्रिकेट मैदान र त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने क्यानले जनाएको छ ।
नेपालले आफ्नो पहिलो खेल आगामी जनवरी १८ तारिखमा थाइल्यान्डसँग खेल्दै प्रतियोतिगाको उद्घाटन गर्नेछ । उक्त खेल माथिल्लो मुलपानी क्रिकेट मैदानमा हुनेछ । यस प्रतियोगितामा सहभागी दुवै समूहबाट शीर्ष तीन टोली सुपर सिक्समा छनोट हुनेछन् । त्यस सुपर सिक्सबाट शीर्ष चार स्थान हासिल गर्ने टोलीले सन् २०२६ मा हुने महिला टी–२० विश्वकपमा छनोट हुनेछन् ।
एक्सप्रेस
सम्बन्धित खबर
एनपीएल : आज चितवन र जनकपुर, पोखरा र कर्णाली भिड्दै
काठमाडौँ । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत आज दुई खेल हुँदैछन् । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रंगशाला कीर्तिपुरमा बिहान ११ः४५ बजे हुने पहिलो खेलमा साविक विजेता जनकपुर...
स्थगित विश्वकप लिग–२ का खेल वैशाख १२ देखि काठमाडौंमा हुने
काठमाडौँ । नेपालमा हुने तय भएर स्थगित भएको आईसीसी विश्वकप लिग–२ अन्तर्गतका खेल आगामी वैशाख १२ देखि २२ गते अप्रिल २५ देखि मे ५ सम्म काठमाडौंमा सञ्चालन हुने भएका छन् । त्यसलगत्तै वैशाख २९ गतेदेखि जेठ ८ गतेसम्म अर्को शृङ्खला पनि आयोजना गरिने तालिका स...
१६ वर्षपछि स्पेन विश्वकपको क्वाटरफाइनलमा, पोर्चुगल पराजित
काठमाडौँ । फिफा विश्वकपको राउन्ड अफ-१६ अन्तर्गत भएको रोमाञ्चक तथा निकै प्रतिस्पर्धात्मक खेलमा स्पेनले पोर्चुगललाई १(० ले पराजित गर्दै क्वाटरफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ। यस पराजयसँगै उपाधि दाबेदार मानिएको पोर्चुगलको विश्वकप यात्रा भने नकआउ...
आजदेखि एनपीएलको दोस्रो संस्करण, पहिलो खेलमा जनकपुर र काठमाडौं भिड्दै
काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपिएल आज सुरु हुँदैछ। उद्घाटन खेलमा साबिक विजेता जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजले प्रतिस्पर्धा गर्दैछन्। यो खेल आज दिउँसो ४ बजे सुरु हुनेछ । काठमाडौंको कीर्तिपुर...



