आइसीसी टी-२० विश्वकप : नेपाल इंग्ल्याण्डसँग ४ रनले पराजित
काठमाडौँ । आइसीसी टी-२० विश्वकप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपाल इंग्ल्याण्डसँग ४ रनले पराजित भएको छ । सोमबार भारत मुम्बईस्थित वानखेडे स्टेडियममा भएको खेलमा इंग्ल्याण्डले दिएको १८५ रनको लक्ष्य पक्ष्याएको नेपाल ४ रनले पराजित भएको हो ।
नेपालले निर्धारित २० ओभरको खेलमा ६ विकेट गुमाएर १८० रन जोड्न पुग्यो। इंग्ल्यान्डका लागि बेथेलले ३५ बलमा ४-४ चौका र छक्काको मद्दतले सर्वाधिक ५५ रनको योगदान गरे । यसैगरी ब्रुकले ३२ बलमा ४ चौका ३ छक्कासहित ५३, विल ज्याक्सले अविजित ३९ र जोस बटलरले २६ रन बनाए।
नेपालका लागि दिपेन्द्र सिंह ऐरीले ४४, रोहित पौडेलले ३९, कुशल भुर्तेलले २९ रन जोडे । यस्तै, लोकेश बम ३९ रनमा अविजित रहे। बलिङतर्फ इङ्ल्यान्डका लियाम डासनले दुई तथा विल ज्याक्स, साम करन, जोफ्रा आर्चर र लुक वुडले एक-एक विकेट लिए । नेपालका लागि बलिङतर्फ दीपेन्द्रसिंह ऐरी र नन्दन यादवले २-२ तथा सन्दीप लामिछाने र शेर मल्लले १-१ विकेट लिएका थिए ।
एक्सप्रेस
सम्बन्धित खबर
एनपीएलमा आज दुई खेल : पहिलो जितको खोजीमा काठमाडौं, शीर्ष स्थान बलियो बनाउने दाउमा कर्णाली र चितवन
काठमाडौँ । नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत आज सोमबार दुई महत्त्वपुर्ण खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने दुवै खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ । दिनको पहिलो खेलमा दिउँसो १२:३...
खेलाडीको नयाँ वर्गीकरण,पहिलो पटक ‘ए प्लस’ श्रेणी थप
काठमाडौँ । नेपाल क्रिकेट संघ क्यानले सन् २०२६ का लागि राष्ट्रिय क्रिकेट खेलाडीहरूको नयाँ केन्द्रीय सम्झौता सेन्ट्रल कन्ट्रयाक्ट र पारिश्रमिकको नयाँ संरचना सार्वजनिक गरेको छ । सन् २०२५,०२६ को घरेलु तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा खेलाडीहरूको स...
एनपीएलमा आज दुई खेल, प्लेअफका लागि पोखरा र चितवनलाई जित्नैपर्ने दबाब
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत आज दुई महत्त्वपूर्ण खेल हुँदैछन् । आजको पहिलो खेल ११:४५ बजे पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खा...
काठमाडौँको जितसहित तालिकाको तेस्रो स्थानमा उक्लियो
काठमाडौँ । काठमाडौँ गोर्खाजले नेपाल प्रिमियर लिग ९एनपिएल० मा बिहीबार भएको बागमती डर्बीमा चितवन राइनोजलाई ५३ रनले पराजित गर्दै तेस्रो जित दर्ता गरेको छ । पाँच खेलपछि काठमाडौँले ६ अंक जोडेर तालिकाको तेस्रो स्थानमा उक्लिए...
सन्दीप लामिछाने बने नेपालको ओडिआई कप्तान्
काठमाडौँ । नेपाल क्रिकेट संघ क्यानले राष्ट्रिय क्रिकेट टोलीको एकदिवसीय ओडिआई कप्तानमा स्पिनर सन्दीप लामिछानेलाई नियुक्त गरेको छ । यसअघि ओडिआई र टी–२० दुवैको कप्तानको जिम्मेवारी सम्हाल्दै आएका रोहित पौडेललाई पदबाट हटाउँदै क्यानले सन्दीपलाई ओडिआईको...
आईपीएलमा ठूलो परिवर्तन, हार्दिक र अर्शदीपले अब कुन टिमबाट खेल्ने ?
काठमाण्डौँ । स्टार अलराउन्डर हार्दिक पाण्ड्यालाई तीव्र गतिका बलर अर्शदीप सिंहको स्थानमा पञ्जाब किंग्स टोलीमा समावेश गरिएको छ। समाचार एजेन्सी पीटीआईका अनुसार यो आदानप्रदान आईपीएल लिलामी अघि मुम्बई इन्डियन्स र पञ्जाब किंग्सबीच भएको हो।
आईपीएल...



