कस्तो रहला आज देशभरको मौसम ?
काठमाडौँ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ ।
राति कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
ट्रक दुर्घटनामा ५ मजदुरको मृत्युपछि स्थानीयद्वारा बर्जुमा सडक अवरुद्ध
काठमाण्डौँ । माघे संक्रान्तिको बिहानै सुनसरीको भोक्राहानर्सिङमा भएको ट्रक दुर्घटनामा परी ५ जना मजदुरको मृत्यु भएको छ । दुर्घटनापछि आक्रोशित स्थानीयले सुनसरीको बर्जुमा टायर बालेर सडक अवरुद्ध गरेका छन् । आफ्नै वडाका ५ जनाको अकालमा मृत्यु भएपछि बर्जु...
मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु, चालक र पछाडि बस्ने दुवै पक्राउ
काठमाण्डौँ । डोटीमा मोटरसाइकलको ठक्करले पैदलयात्रीको मृत्यु भएको छ । शिखर नगरपालिका–१० बान्डुङग्रीसैनमा सुपप्र।०१०१३प १२ नम्बरको मोटरसाइकलको ठक्करबाट सोही ठाउँकी ६८ वर्षीया तारादेवी बलायरको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार के...
म्याग्दी, पर्वत र कास्कीको संगमस्थल जलजला क्षेत्रमा ताल बनाउन सम्भाव्यता अध्ययन
म्याग्दी । म्याग्दी, पर्वत र कास्की जिल्लाको सिमानामा रहेको प्राकृतिक एवम् धार्मिक पर्यटकीयस्थल कालाञ्जर हम्पालको जलजला क्षेत्रमा ताल निर्माण गर्न सम्भाव्यता अध्ययन थालिएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका, पर्वतको...
आज गुरु पूर्णिमा र व्यास जयन्ती : गुरुप्रति सम्मान प्रकट गरी देशभर मनाइँदै
काठमाडौँ । आषाढ शुक्ल पूर्णिमाका दिन आज देशभर गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गर्दै गुरु पूर्णिमा पर्व मनाइँदैछ । तन्त्रशास्त्र र धर्मशास्त्रका अनुसार ‘गु’ को अर्थ अन्धकार र ‘रु’ को अर्थ प्रकाश हुन्छ,...
कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक
काठमाण्डौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको समयतालिका सार्वजनिक गरेको छ । बोर्डको परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले सूचना जारी गर्दै २०८३ साल वैशाख १४ गतेदेखि कक्षा १२ का साधारण, प्राविधिक तथा परम्परागत धारतर्फ...
जेनजी आन्दोलनका घाइतेलाई भैपरी खर्चवापत् २० हजार सहयोग, ४८ लाख रुपैयाँ निकासा
काठमाडौँ । सरकारले ‘जेनजी’ आन्दोलनका क्रममा घाइते भएका व्यक्तिको भैपरी खर्चबापत् रु ४८ लाख ५८ हजार निकासा गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्रारम्भिक प्रतिवेदनका आधारमा भैपरी खर्चबापत् प्रत्येक...



