बिहीबार कस्तो रहला देशभरको मौसम ?
काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा साधरणतया बादल लागेको र बाँकी भागको मौसम मुख्यतया सफा रहेको बताएको छ ।
मौसम पूर्वानुमानअनुसार आज दिउँसो तराईका केही स्थानमा मध्याह्नसम्म हुस्सु रहने सम्भावना छ । कोशी प्रदेशका पहाडी र हिमाली भागमा साधरणतया बादल लाग्नेछ भने बाँकी पहाडी र हिमाली भागमा आंशिक बादल लाग्नेछ । तराईका अन्य स्थानमा मुख्यतया मौसम सफा रहनेछ। कोशी प्रदेशका उच्च पहाडी र हिमाली भागको एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।
त्यसैगरी, आज राति तराईका केही स्थानमा तुँवालो लाग्ने सम्भावना छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बादल लाग्नेछ र बाँकी भागमा मुख्यतया मौसम सफा रहनेछ ।
एक्सप्रेस
सम्बन्धित खबर
दुर्गा प्रसाईं पक्राउ
काठमाडौं । मेडिकल व्यवसायी तथा राजावादी अभियन्ता दुर्गा प्रसाईं भक्तपुरस्थित आफ्नै निवासबाट पुनः पक्राउ परेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा की प्रतिनिधिसभा सदस्य रचना खतिवडाविरुद्ध अनलाइन तथा सामाजिक सञ्जालमा आपत्तिजनक र चरित्रहत्या गर्...
सामाजिक सद्भाव कायम गर्न गृहको १० बुँदे निर्देशन
काठमाडौँ । धार्मिक तथा सामाजिक सद्भाव खलबलिन थालेपछि गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई १० बुँदे निर्देशनात्मक सर्कुलर जारी गरेको छ । गैरकानुनी गतिविधिमा संलग्न जो–कोहीलाई तत्काल कानुनी दायरामा ल्याउन र कारबाही प्रक्रिया अघि बढाउन प...
बुधबार कस्तो रहला देशभरको मौसम ?
काठमाडौँ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा म...
भोलिदेखि पुन: आउँदैछ वर्षा गराउने प्रणाली
काठमाण्डौँ । मौसमविदले बिहीबारबाट पुनः वर्षा गराउने प्रणाली सक्रिय हुने बताएका छन् । मौसमविद् विनोद पोखरेलले बिहीबार बेलुकाबाट पश्चिम नेपालमा वर्षा गराउने प्रणाली सक्रिय हुने बताएका हुन् । त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञानका सहप्राध्याप...
देशभर मनसुनी वायुको प्रभाव : पहाडी भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेकाले विभिन्न स्थानमा वर्षा र मौसम बदलीको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा हाल सरदर स्थानमै अवस्थित रहेको छ ।
मौसमा पूर्वानुमान : तराईका अधिकांश स्थानमा हुस्सु लाग्ने
काठमाडौँ । देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । साथै दक्षिणपश्चिम बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ । हाल मौसमको कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भूभागमा मौसम मुख्...



