शनिबार कस्तो रहला देशभरको मौसम ?
काठमाडौँ । देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । हाल तराईका केही स्थानहरूमा हुस्सुरकुहिरो लाग्नुका साथै गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो तराई भू(भागका अधिकांश स्थानहरूमा हुस्सुरकुहिरो रहनेछ ।
कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाको अनुमान छ । त्यस्तै आज राति तराई भूभागका अधिकांश स्थानहरूमा हुस्सु रहनेछ भने गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।
एक्सप्रेस
सम्बन्धित खबर
वैशाखदेखि हालसम्म देशभर चार हजार ५३ विपद्का घटना
काठमाडौँ । गत वैशाख १ गतेदेखि साउन १७ गतेसम्म देशभर कुल चार हजार ५३ विपद्का घटना घटेका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सो अवधिमा १९६ जनाको ज्यान गएको छ । यस्तै, एक हजार २१८ जना घाइते भएका छन् भने चार बेपत्ता...
त्रिविको ५१ औं दीक्षान्त समारोह आज
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको ५१ औं दीक्षान्त समारोह आज हुँदैछ । विश्वविद्यालयको इतिहासमा पहिलोपटक आज नोबेल पुरस्कार विजेतालाई प्रमुख अतिथि बनाएर दीक्षान्त आयोजना गर्ने लागिएको विश्वविद्यालयका उपकुलपति प्रा डा दीपक अर्यालले जानकारी दिए । समा...
बञ्चरे डाँडामा दोस्रो दिन पनि आन्दोलन जारी, फोहोर बोक्ने गाडी बाटोमै रोकिए
काठमाडौँ । बञ्चरे डाँडाका स्थानीयले बिहीबार पनि काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोक्दै आन्दोलन जारी राखेका छन् । मागहरू पूरा नभएको भन्दै स्थानीयले दोस्रो दिन पनि करिब ३०० गाडी अवरुद्ध पारेका हुन् । धुनिबेँसी नगरपालिका...
आज सामाजिक न्याय विश्व दिवस मनाइँदै
काठमाडौँ । आज सामाजिक न्याय विश्व दिवस विभिन्न देशमा विविध कार्यक्रम गरी मनाइँदै छ। हरेक वर्ष अन्तर्राष्ट्रिय श्रम संगठन आईएलओको तत्वावधानमा यो दिवस मनाइन्छ । सन् २००७ नोभेम्बर २६ मा संयुक्त राष्ट्रसंघको महासभाले प्रस्ताव पारित गरेअनुसार सन् २००९...
दुर्घटनाग्रस्त बुद्ध एयरका परिचारिकाले ढोका खोल्न नदिएको आरोप, के भन्छ एयरलाइन्स ?
काठमाडौँ । बुद्ध एयरले झापाको भद्रपुर विमानस्थलमा दुर्घटनाग्रस्त विमानको ढोका ‘विमान परिचारिकाले खोल्न नदिएको’ समाचारप्रति प्रष्टीकरण दिएको छ । विमान कम्पनीले उक्त समाचारप्रति आपत्ति जनाउँदै शुक्रबारको घटनाको वास्तविकता दाबीसहित प्रष्टीकरण दिएको ह...
लाङटाङ खोला जलविद्युत् आयोजनाको सुरुङबाट दुई जनाको शव निकालियो, २५ जना अझै सम्पर्कविहीन
रसुवा । रसुवास्थित २० मेगावाट क्षमताको लाङटाङ खोला जलविद्युत् आयोजनाको सुरङभित्रबाट दुई जनाको शव निकालिएको छ । सुरङमा खोजी तथा उद्धारमा खटिएको नेपाली सेनाको टोलीले बिहीबार ती शवहरू बाहिर निकालेको आयोजनाका महाप्रबन्धक विजयमणि भट्टराईले जानकारी दिए...



