बुधबार, ११ कात्तिक २०८३
नेपाली

सोमबार कस्तो रहला देशभरको मौसम ?

Main News Image

काठमाडौँ । नेपालमा उपल्लो वायुमण्डलमा रहेको न्युनचापीय प्रणालीको प्रभाव रहेको छ । हाल देशभरको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो तराई भूभागका अधिकांश स्थानहरूमा हुस्सुरकुहिरो रहनेछ । महाशाखाका अनुसार देशका पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

आज राति तराई भूभागका केही स्थानहरूमा हुस्सु रहनेछ । देशका पहाडी तथा हिमाली भू(भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

mediabaaji add

सम्बन्धित खबर

मौसम पूर्वानुमान : पहाडी र हिमाली भेगमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । आज देशका विभिन्न भूभागको मौसम सामान्यतया बदली रहने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ भने तराई भूभागमा आंशिक बदलीको अवस्था रहनेछ...

पहाडी भू-भागमा आंशिक बादल ,तराई क्षेत्रमा तातो लहरको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । यसको प्रभाव रहदा देशका हिमाली भूभागमा सहित कोशी प्रदेशका पहाडी भूभागमा आंशिक बादल लागेको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वान...

देशभर मनसुनी वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनको न्यून चापीय रेखा देशको पश्चिममा सरदर स्थानभन्दा उत्तरतिर र पूर्वमा सरदर स्थानको आसपास रहेको छ ।

जसको प्रभावले हाल देशभर साधरणतया बादल लागेको छ ।...

यी प्रदेश र स्थानमा हुनेछ आज भारी वर्षा

काठमाडौँ । देशका केही स्थानमा आज भारी वर्षाको सम्भावना छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतिर रहेका कारण भारी वर्षाको सम्भावना रहेको हो ।  जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । हिमाली र पह...

२९ वैशाखभित्र एसईईको नतिजा सार्वजनिक हुने

 काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षा एसईईको १ महिनाभित्र नतिजा सार्वजनिक गर्नेगरी इन्ट्रीको काम गरिरहेको छ । बोर्डले २९ वैशाखभित्र नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ । परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार जिल्ल...

देशभर चिसो बढ्यो, काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्री

काठमाडौँ । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज पनि तराई र पहाडी भेगका धेरै ठाउँमा हुस्सु र कुहिरो लागेको छ। दिउँसो तराई भूभागका धेरै ठाउँमा अबेलासम्म नै हुस्सु तथा कुहिरो रहने महाशाखाले जनाएको छ ।