सोमबार कस्तो रहला देशभरको मौसम ?
काठमाडौँ । नेपालमा उपल्लो वायुमण्डलमा रहेको न्युनचापीय प्रणालीको प्रभाव रहेको छ । हाल देशभरको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो तराई भूभागका अधिकांश स्थानहरूमा हुस्सुरकुहिरो रहनेछ । महाशाखाका अनुसार देशका पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।
आज राति तराई भूभागका केही स्थानहरूमा हुस्सु रहनेछ । देशका पहाडी तथा हिमाली भू(भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भूभाग नजिक र पूर्वमा सरदर स्थान आसपास रहेको छ ।
जसको प्रभावले देशभरमा साधरणतया...
बाढीको कारण हिउँ–चट्टानको हिम पहिरो, तल्लो तटीय क्षेत्रमा सजगता अपनाउन आग्रह
काठमाडौँ । रसुवामा बुधबार बिहान आएको भीषण आकस्मिक बाढीले ठुलो जनधनको क्षति पुर्याएको छ । भोटेकोशी र त्रिशूली नदी प्रणाली हुँदै पानी, गेग्रान र ठुला ढुङ्गासहितको शक्तिशाली बाढी बगेपछि तल्लो तटीय क्षेत्रमा थप असर पर्न सक्ने भन्दै विज्ञहरूले सजगता अ...
काठमाडौंमा तीव्र रूपमा घट्दै तापक्रम, आज कति छ न्यूनतम ?
काठमाडौँ । केही दिनयता देशभर न्यूनतम तापक्रम घट्दै गएको र चिसो बढ्दो क्रममा रहेको मौसमविद्ले बताएका छन्। यस क्रममा काठमाडौँ उपत्यकाको तथ्यांक हेर्दा दुई हप्ताकै अवधिमा न्यूनतम तापक्रम झन्डै ५ डिग्री सेल्सियस घटिसकेको छ ।
बुधबार बिहान ५:४५ बज...
धोबी खोला करिडोरका पक्की घर भत्काउन थालियो
काठमाडौँ ।। काठमाडौं महानगरपालिका–१० धोबी खोला क्षेत्रमा रहेको देवीनगरमा अतिक्रमण गरी बनाइएका पक्की भवनहरू भत्काउन सुरु गरिएको छ । आजदेखि यहाँ रहेका घरटहरा हटाउन सुरु गरिएको महानगर प्रहरी बलका प्रमुख विष्णु जोशीले जानकारी दिए । उनले भने, ‘उपत्यका...
तीन दिनसम्म पानी पर्ने भन्दै दाउन्नेमा राति मालवाहक सवारी सञ्चालनमा रोक
त्रिवेणी । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको दाउन्ने खण्डमा तीन दिनसम्म राति ठूला मालवाहक सवारी सञ्चालनमा रोक लगाइएको छ ।मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार चैत ८ गतेसम्म वर्षाको सम्भावना रहेको उद्धृत गर्दै नारायणगढ–बुटवल सडक योजनाले आज...
नेपालमा मनसुन आउन एक साता लाग्ने
काठमाडौँ । नेपालमा मनसुन भित्रिन अझै एक साता लाग्ने भएको छ। जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार अहिले दक्षिण भारतको केरला र तमिलनाडुमा मनसुन आइपुगेको र बङ्गालको खाडी हुँदै नेपालमा मनसुन आइपुग्न एक साता लाग्ने छ ।
...



