शुक्रबार कस्तो रहला देशभरको मौसम ?
काठमाडौँ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहनेछ।
कोशी प्रदेशका हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । त्यसैगरी, आज राति कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहनेछ ।
एक्सप्रेस
सम्बन्धित खबर
कर्णालीका हिमाली पदमार्गमा सुरक्षा चुनौती, आश्रयस्थलको माग
काठमाण्डौँ । हिमपहिरो, भारी हिमपात र अत्यधिक चिसोका कारण कर्णालीका उच्च हिमाली क्षेत्रमा मानवीय क्षति भइरहेका बेला पर्यटकीय पदमार्गमा सुरक्षित आश्रयस्थल निर्माण गर्न माग गरिएको छ । यार्सागुम्बा संकलनका क्रममा हिमाली पाटनमा ज्यान गुमाउनेदेखि हिमपात...
विपिनको मृत्यु पुष्टि भएपछि खाली हात स्वदेश फर्किए आमा र बहिनी
काठमाण्डौँ । हमासको कब्जामा रहेका नेपाली युवा विपिन जोशीको निधन पुष्टि भएपछि उनलाई खोज्दै अमेरिका पुगेका उनकी आमा र बहिनी आज बिहान स्वदेश फर्किएका छन् । विपिनको सकुशल उद्धारको आशामा अमेरिका गएका परिवारका सदस्यहरू उनलाई जिवितै फर्काउने अपेक्षा राखे...
यी प्रदेशका पहाडी भू-भागमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौँ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणाली सक्रिय रहेको छैन । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू–भागमा बदली रहि बाँकी भू–भागमा मौस...
घटस्थापनादेखि एक लाख नौ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका
काठमाडौँ । हिन्दुहरूको महान् पर्व बडादसैँ मनाउन काठमाडौं उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप दिनहुँ बढ्दै गएको छ। घटस्थापनादेखि आजसम्म एक लाख नौ हजार ६३६ जनाले काठमाडौं उपत्यका छाडेका छन्।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुस...
आज गुरु पूर्णिमा र व्यास जयन्ती : गुरुप्रति सम्मान प्रकट गरी देशभर मनाइँदै
काठमाडौँ । आषाढ शुक्ल पूर्णिमाका दिन आज देशभर गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गर्दै गुरु पूर्णिमा पर्व मनाइँदैछ । तन्त्रशास्त्र र धर्मशास्त्रका अनुसार ‘गु’ को अर्थ अन्धकार र ‘रु’ को अर्थ प्रकाश हुन्छ,...
नयाँवर्षमा ठमेलमा सडक महोत्सव हुने, खाना र वस्तुको विशेष प्रदर्शनी
काठमाडौँ । नेपाली नयाँवर्ष २०८३ को अवसरमा सङ्घीय राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा ‘ठमेल सडक महोत्सव’ हुने भएको छ । ठमेल पर्यटन विकास परिषद्को आयोजनामा नेपाली नयाँवर्षलाई अन्तरराष्ट्रियस्तरमा पहिचान गराउने उद्देश्यले आज दिउँसो काठमाडौँ महान...



