बुधबार, ११ कात्तिक २०८३
नेपाली

शुक्रबार कस्तो रहला देशभरको मौसम ?

Main News Image

काठमाडौँ । हाल देशमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो तराई भूभागका केही स्थानहरूमा हुस्सु लाग्नेछ । महाशाखाका अनुसार कोशी र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक रूपमा बादल लाग्ने तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

त्यसैगरी, आज राति तराई भूभागका केही स्थानहरूमा हुस्सु लाग्नेछ । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बादल लाग्ने तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । महाशाखाले हुस्सुका कारण  दैनिक जनजीवन, पर्यटन, स्वास्थ्यका साथै हवाई तथा सडक यातायातमा आंशिक प्रभाव पर्ने भएकाले आवश्यक सतर्कता अपनाउन सम्बद्ध सबैमा अनुरोध गरेको छ ।


mediabaaji add

सम्बन्धित खबर

भोेटकोशीको बाढीले त्रिशूली बजार क्षेत्रका ६० घर बगायो

काठमाडौँ । रसुवादेखि आएको बाढीका कारण नुवाकोटको त्रिशूली बजार आसपासका करिब ६० घर बगाएको छ भने देवीघाट क्षेत्र प्रभावित भएको छ । बाढी आएको पूर्वसूचना पाएलगत्तै त्रिशूली नदी आसपासका स्थानीयहरु सुरक्षित स्थानमा गएकाले हालसम्म मानवीय क्षतिको विवरण प्र...

स्थानीय तहले राजमार्गमा कर उठाउन नपाउने सर्वोच्चको अन्तरिम आदेश

काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय, सहायक तथा हुलाकी राजमार्गमा सञ्चालन हुने सवारी साधनबाट स्थानीय तहले उठाउने कर तथा सडक उपयोग शुल्क रोक्न अन्तरिम आदेश जारी गरेको छ । नेपाल ट्रक यातायात व्यवसायी महासङ्घका अध्यक्ष राजेन्द्र विक्रम बानियाँ ले भद...

अब मालपोत र नापीमा बिचौलिया निषेध, सेवाग्राहीलाई सहज

काठमाण्डौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमिसँग सम्बन्धित सबै कार्यालयमा अनधिकृत व्यक्ति बिचौलियालाई प्रवेश निषेध गर्न निर्देशन दिएको छ । बुधबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलको निर्देशन अनुसार...

कतारमा भएको विस्फोटमा नेपाली घाइते

काठमाडौँ । कतारको रस लाफान औद्योगिक सहरमा रहेको ग्यास प्रशोधन प्लान्टमा भएको भीषण विस्फोटमा परी नेपाली नागरिक पनि घाइते भएका छन् ।  उक्त घटनामा १३ जनाको मृत्यु भएको पुष्टि भएको छ । टाइम्स अफ इन्डियाका अनुसार ज्यान गुमाउनेहरूमध्ये १२ जना भारती...

निर्वाचन प्रहरीको पर्याप्त आबेदन नपरेपछि पुनः माग

रामेछाप । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आवश्यक प्रहरी भर्ना, छनोट तथा नियुक्तिको पुनः समय बढाइएको छ । भर्ना समिति रामेछापले निर्वाचन प्रहरी भर्नाका लागि आवेदन दिन माघ १० र ११ गतेसम्मका लागि दुई दिन म्याद थपेको हो ।

निर...

धादिङ दुर्घटनाको उद्धार सकियो : मृतक १८ जनामध्ये दुई विदेशी नागरिक

धादिङ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका-७ चरौदी नजिकै यात्रुवाहक बस दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ । पोखराबाट काठमाडौं आउँदै गरेको ग२ ख १४२१ नं को बस त्रिशूली नदी किनारमा खसेको थियो। दूर्घटनामा १२ जना पुरुष र छ जना...