चुनावमा कति गरे बालेनले खर्च ?
सुरुङ्गा । झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित वालेन्द्र साह बालेनले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन् । निर्वाचन प्रतिनिधिमार्फत जिल्ला निर्वाचन कार्यालयमा पेस गरिएको विवरणअनुसार बालेनले निर्वाचन अभियानका क्रममा कूल रु १४ लाख १४ हजार ७२९ रुपैयाँ खर्च भएको उल्लेख छ ।
पेस गरिएको विवरणमा विभिन्न शीर्षकमा खर्च गरिएको रकम समेटिएको छ । उनले निर्वाचन प्रचार प्रशासका क्रममा सवारीसाधन भाडामा १५ दिनका लागि दुई वटा सवारी प्रयोग गर्दा रु दुई लाख ३३ हजार ५००, हवाई भाडामा पाँच पटकका लागि रु ३५ हजार तथा मतदाता प्रशिक्षण कार्यक्रमको खाना खर्च शीर्षकमा रु २६ हजार ९७० खर्च भएको उल्लेख छ ।
वडास्तरीय प्रचार कार्यक्रम तथा घरदैलो अभियान सञ्चालन गर्न रु चार लाख ५० हजार खर्च गरिएको विवरणमा उल्लेख गरिएको छ । नमूना मतपत्र छपाइका लागि रु ४४ हजार ५५० खर्च गरिएको उल्लेख छ ।
निर्वाचन अभियानका क्रममा कार्यालय सञ्चालनका लागि पानी खर्च शीर्षकमा दुई महिनामा रु ९० हजार र स्टेशनरी खर्च शीर्षकमा रु २९ हजार ६७० खर्च भएको जनाइएको छ । त्यसैगरी प्रचार सामग्री छपाइ कपडा तथा ब्यानरमा रु एक लाख ७५ हजार ३४, प्रचार सामग्री ढुवानी तथा टिकटमा रु एक लाख १९ हजार ५०५ खर्च भएको उल्लेख छ ।
उम्मेदवारी दर्ताका लागि रु १० हजार खर्च भएको विवरणमा उल्लेख गरिएको छ । खर्च विवरण बालेनका प्रतिनिधि नवीन भण्डारीले हस्ताक्षर गरी आज जिल्ला निर्वाचन कार्यालयमा पेस गरेका हुन् ।
एक्सप्रेस
सम्बन्धित खबर
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ २८ पैसा र बिक्रीदर १५१ रुपैयाँ ८८ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७२ र...
आर्थिक वृद्धिदर लक्ष्यभन्दा निकै कम, मुद्रास्फीतिमा भने सुधार
काठमाडौँ । सरकारले मुलुकको आर्थिक वृद्धिदर लक्ष्यभन्दा निकै कम अर्थात् ३.५ प्रतिशतमा सीमित हुने नयाँ प्रक्षेपण सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षको बजेटको अर्धवार्षिक समीक्षा गर्दै सरकारले सुरुमा ६ प्रतिशतको वृद्धिदर हुने अनुमान गरे पनि अहिले त्...
चार निर्माण कम्पनी कालोसूचीमा, सरकारी ठेक्कामा सहभागी हुन नपाउने
काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न सार्वजनिक निकायको सिफारिसका आधारमा चार निर्माण व्यवसायी तथा संयुक्त उपक्रम जेभीलाई कालोसूचीमा राखेको छ । कार्यालयले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा १ बमोजिम इन्द्रायणी बिल्डर्स एण्ड सप...



