शनिबार, ०३ असोज २०८३
नेपाली

प्रतिनिधि सभा निर्वाचन २०८२ : ६३ दलले समानुपातिक बन्दसूची बुझाए, कांग्रेसको सूची बाँकी

Main News Image

काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को तयारी तीव्र बन्दै गएको छ । फागुन २१ गते हुने निर्वाचनका लागि समानुपातिक तर्फको बन्द सूची पेश गर्ने अन्तिम दिन हिजो निर्वाचन आयोगमा दलहरूको उल्लेख्य उपस्थिति देखिएको थियो । निर्वाचन आयोगले स्वीकृत कार्यक्रमअनुसार पौष १३ र १४ गते बन्द सूची पेश गर्ने समय तोकेको थियो। तोकिएको समयभित्र आयोगमा उपस्थित भएका दलहरूलाई समयको कुनै बन्देज नराखी सेवा प्रवाह गरिएको आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिए ।

आयोगले समानुपातिक बन्द सूची प्रक्रिया सहज बनाउन दुईवटा टोली परिचालन गरेको छ। पहिलो टोलीले उम्मेदवार योग्य छन् कि छैनन्, मतदाता नामावलीमा नाम छ कि छैन भन्ने जाँच गरी निस्सा प्रदान गर्दछ भने निस्सा प्राप्त भएपछि दोस्रो टोलीले सम्बन्धित दलको बन्द सूची दर्ता गर्ने काम गरेको थियो ।

प्रचलित कानूनअनुसार प्रति दल ५० हजार रुपैयाँ धरौटी बुझाउनुपर्ने व्यवस्था छ। बन्द सूची दर्ता प्रक्रिया सकिएपछि आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐनअनुसार समानुपातिक तथा समावेशी मापदण्ड पूरा भएको छ कि छैन भन्ने रुजु कार्य सुरु गर्नेछ। सो क्रममा कुनै त्रुटि भेटिएमा सम्बन्धित दललाई सच्याउन निर्देशन दिइनेछ ।

mediabaaji add

सम्बन्धित खबर

रवि लामिछानेको मुद्दामा सुनुवाइ हुँदै

काठमाण्डौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराध मुद्दा फिर्ता गर्ने निर्णयविरुद्धको रिटमा आज सोमबार सुनुवाइ हुने भएको छ । सर्वोच्च अदालतमा आइतबार यो मुद्दाको पेसी चढे पनि हेर्न नभ्या...

आमा सुरक्षा कार्यक्रम पूर्ण रूपमा निःशुल्क गर्न संसद्‌मा माग

काठमाडौँ । सुरक्षित मातृत्व र प्रसूति सेवालाई पूर्ण रूपमा निःशुल्क र प्रभावकारी बनाउन सांसदहरूले सरकारसँग माग गरेका छन्  । प्रतिनिधिसभाको बिहीबारको बैठकको आकस्मिक समयमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० कि सांसद डा। तोसिमा कार्कीले...

झापा ५ मा ओलीले आज चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गर्ने

काठमाण्डौँ । एमालेका अध्यक्ष एवं झापा ५ का उम्मेदवार केपी शर्मा ओलीले आज चुनावी प्रतिवद्धता सार्वजनिक गर्दै छन् । आफ्नो क्षेत्रका व्यस्थ ओलीले मंगलबार दिउँसो ३ बजे दमक ९ स्थित अमरसिंह चोकमा प्रतिवद्धता पत्र सार्वजनिक गर्ने तयारी रहेका हुन् । ...

आज बस्दै एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बोलाइएको छ । शुक्रबार दिउँसो १ बजे बैठक बोलाइएको एमाले नवनिर्वाचित सचिव डा राजन भट्टराईले जानकारी दिए । उनका अनुसार बैठक बबरमहलस्थित कार्की ब्याङ्केटमा बस्नेछ । बि...

रास्वपाका कार्यकर्ताले राजा वीरेन्द्रको शालिकमाथि टेकेकोमा राप्रपाको आपत्ति

काठमाण्डौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले दाङ जिल्लाको तुलसीपुरस्थित वीरेन्द्रचोकमा रहेको राजा वीरेन्द्रको शालिकमाथि उभिएको विषयमा राष्ट्रिय प्रजातन्त्र पार्टीले आपत्ति जनाएको छ । रास्वपाका अध्यक्ष रलि लामिछाने दाङ गएको बेलामा रास्वपा...

नयाँ पुस्ताको अपेक्षा अनुसार गतिशील बन्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले हालसम्मको कार्य प्रगति सन्तोषजनक नभएकाले अझै गति बढाएर काम गर्न निर्देशन दिएकी छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम र...