शुक्रबार, २२ साउन २०८३
नेपाली

पर्वतारोहीहरूको मृत्युप्रति हङकङ नेपाली अल्ट्रा ट्रेल रनिङ संघद्वारा श्रदाञ्जलि अर्पण !

Main News Image

मिडियाबाजी डटकम। पाकिस्तानमा हिउँ पहिरोमा परी मृत्यु हुनेहरू प्रति हङकङ नेपाली अल्ट्रा ट्रेल रनिङ संघद्वारा हङकङमा श्रद्धांजलि अर्पण सभा आयोजना भएको छ ।

२०२६ अगस्ट ६ समय साँझ ७ देखि ९ सम्म चुम्लुङ हिम जोडर्नमा ब्रोड पिक पाकिस्तान हिमाल आरोहणमा निधन हुने आरोहीहरू प्रति श्रद्धांजलि सभा आयोजना गरेको हो ।

संस्थाका सह सचिव शुष्मा गुरूङले दिवंगत पर्वतारोहीहरूको जीवनी बारे जानकारी दिएकी थिइन् । कार्यक्रममा एक मिनेट मौन धारण गर्दै शोक सभामा नेपाली महावाणिज्य दुतवासका कार्यबाहक महावाणिज्यदुत सतिस गुरूङले महावाणिज्य दुतवासले आयोजन गर्नु पर्ने शोक सभा एचके नुट्राले आयोजना गरेकोमा सह्रानिय भन्दै म भावुक भएको छु भन्दै समवेदना प्रकट गरे । उनले बोल्ने शब्दहरू पाई रहेको छैन भन्दै श्रद्धांजलि व्यक्त गरे ।

आयोजक संस्था एचकेनुट्राका सल्लाहकार राज कुमार राईले पटक पटक हिमाल दु:खद दुर्घटनाहरू हुँदै आए पनि हङकङमा पहिलो पटक हिम सहिदहरूको निम्ति शोक सभा आयोजना गर्नुको करण निर्मल पुर्जा नै हुन् । साथै उहाँसँग निधन भएका आरोहीहरू पनि कीर्तिमानी हुन् । निम्सदाई आरोही लेखक नायक मोडल सामाजिक अभियन्ता विश्वमा नेपाल नेपाली चिनाउने प्रस्तुतकर्ता पनि हुन् । उहाँले विभिन्न समाजिक कार्यहरू गर्नु भएको छ । उनी ब्रिटिश गोर्खा सैनिकको करिब २५० वर्ष को इतिहासमा करिब १ लाख ८० हजार ब्रिटिश सेना बिच २०० जना भित्र स्पेस फोर्सको पूर्व सैनिक पनि हुन् । विदेशी पर्वतारोहीहरू नेपाल भित्राएर अर्बौं रुपैयाँ नेपाल सरकारलाई रोयल्टी जम्मा गरी दिएका छन् । निम्स दाईको नागरिकता बारे कुरा उठेको छ नेपाल नागरिकता त्याग गरेको नागरिकता कायम गरेर भएतापनि राष्ट्रिय विभूति सम्मान गर्न संस्थाको तर्फबाट अनुरोध पत्र पठाउँदै छौं । निम्स दाई हामी रोएका छौं विश्व रोएको छ हिमाल रोएको छ तपाईं शब्द सापटी लिएँ । फर्किएर आए हिमालबाटै फर्किएर आउनेछु । फर्किएर आइन भने हिमालमा नै सधैँ हराउने छु । तपाईंले हिमाल बास रोज्नु भयो । तपाईं मरेर पनि हिमाल रहे सम्म बाँची रहनुहुन्छ निम्स दाई तपाईं र तपाईंको साथीहरू अमर रहुन् भने । सहभागीहरुले फूल र दीप प्रज्वलन गरेर श्रदाञ्जलि दिए ।

कार्यक्रममा एनआरएनए हङकङका अध्यक्ष अनु राई ,अरूणा गुरूङ याक्खुङ चुम्लुङ हङकङका अध्यक्ष सम्मसेर लिम्बु , खोटाङ समाजका अध्यक्ष पेंग किरात, लोहोरूङ राई समाजका अध्यक्ष धर्म बहादुर राई, साहित्यकारहरू डीबी लिम्बु ,बज्र कुमार थुलुङ राई, जानु काङबाङ लिम्बु, बालिका बान्तावा, बिसु सम विभिन्न समाजिक संस्थाका अध्यक्ष प्रतिनिधिहरू सगारमाथा आरोही राज गुरूङ चन्द्र कला राई एचके नेपाल साथै नागरिक आवाजका पत्रकार तथा अल्ट्रा ट्रेल धावकहरू सर्वसाधारणको बाक्लो उपस्थित थियो । श्रदाञ्जलिको लागि सभा हल याक्थुङ चुम्लुङ हङकङले निःशुल्क रुपमा उपलब्ध गराएको थियो ।

mediabaaji add

सम्बन्धित खबर

अन्तर्राष्ट्रिय मित्रता दिवस

काठमाडौँ । विश्वभर आज जुलाई ३० का दिन ‘अन्तर्राष्ट्रिय मित्रता दिवस’ मनाइँदै गर्दा नेपालका प्रमुख पुस्तकालय तथा अध्ययन केन्द्रहरूमा विशेष दृश्य र बेग्लै उत्साह देखिएको छ । साथीभाइसँग भेटघाट र रमाइलो गर्ने परम्परागत शैलीभन्दा फरक, ज्ञान साटासाट गर्...

तिहारको तेस्रो दिन : नरक चतुर्दशी, कुकुर तिहार

काठमाडौँ । तिहारको तेस्रो दिन आज घरघरमा कुकुरलाई पूजा गरी मीठा खानेकुरा दिइ कुकुर तिहार मनाइँदैछ । कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भएपनि यस वर्ष तिथिको घटबढका कारण तेस्रो दिन पर्न गएको नेपाल...

सरकारका १०० दिन : उखु किसानले १३ वटा चिनी मिलबाट पाए ९२ प्रतिशत रकम

काठमाडौँ । चालु आर्थिक वर्षमा १३ वटा चिनी मिलबाट ६८ हजार उखु किसानले पाउनुपर्ने कुल रु १३ अर्ब ७६ करोडमध्ये करिब ९२ प्रतिशत रकम मिलहरूले भुक्तानी गरिसकेको सरकारले जनाएको छ । 

वर्तमान सरकार गठन भएको १०० दिनका अवसरमा आज सरकारका प्रवक्ता ए...

मंसिर २० देखि हेटौँडाको राजमार्ग आसपासका घर भत्काउने तयारी, २० वटा हेभि उपकरण तयारी अवस्थामा

काठमाडौँ । भोलि मंसिर २० गतेदेखि पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हेटौँडा बजार क्षेत्रका घरहरू भत्काइने भएको छ । सडक डिभिजन कार्यालय हेटौंडाले महेन्द्र राजमार्गको रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म र त्रिभु...

हिउँको ठूलो ढिक्का खस्दा तीन पर्वतारोही पुरिए

काठमाडौँ । स्पेनको अरागोन क्षेत्रमा गएको भीषण हिउँपहिरोमा परी तीन जना पर्वतारोहीको मृत्यु भएको छ । उत्तरी स्पेनको पान्थिकोसा नजिकै रहेको टाब्लाटो चुचुरोमा स्थानीय समयअनुसार दिउँसो करिब १ बजे यो दुःखद दुर्घटना भएको हो ।

स्पेनको सिभिल गार्डका...

नागढुंगा-सिस्नेखोला सुरुङमार्गको उद्घाटन : देशको पहिलो आधुनिक सडक सुरुङ सञ्चालनमा

काठमाडौँ । नेपालको पहिलो आधुनिक तथा व्यावसायिक सडक सुरुङमार्गको रूपमा रहेको नागढुंगा-सिस्नेखोला सुरुङमार्गको औपचारिक उद्घाटन गरिएको छ । आयोजना स्थलमा आयोजित विशेष समारोहका बीच भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्साल र नेपालका लागि जापानी...