‘पाँच पाण्डव’ को प्रदर्शन रोक्न गृह मन्त्रालयको निर्देशन
काठमाडौँ । आउँदो शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘पाँच पाण्डव’ रोक्नलाई गृह मन्त्रालयले निर्देशन दिएको छ । गृह मन्त्रालयले संचार मन्त्रालयलाई निर्देशन दिएको र सञ्चार मन्त्रालयले मौखिक जानकारी दिएको निर्माण टिमका एक सदस्यले बताए । निर्माण टिमका एक सदस्यका अनुसार बाँके जिल्लाका सिडिओ दिलकुमार तामाङले प्रदर्शन रोक्नका लागि गृह मन्त्रालयलाई पत्राचार गरेका थिए ।
ती सदस्यले भने, ‘बाँके जिल्लाको सिडिओले गृह मन्त्रालयलाई प्रदर्शन रोक्नलाई पत्राचार गरेको रहेछ । बाँके जिल्ला प्रशासनमा केही व्यक्तिहरू आएर प्रदर्शन रोक्न लगाएका रहेछन् ।’ चलचित्रले महाभारतको गलत व्याख्या गरेको र द्रौपदीलाई आइटम गीत नचाएको भनेर सामाजिक संजालमा विवाद भइरहेको थियो । तर, चलचित्रले धार्मिक सहिष्णुता भड्काउने कोसिस नगरेको भनेर निर्माण टिमले सार्वजनिक रूपमा भनिसकेको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
आयुष मगरको नयाँ गीत ‘कान्छी’ सार्वजनिक !
काठमाडौँ । गायक आयुष मगरको नयाँ गीत ‘कान्छी’ सार्वजनिक भएको छ । प्रेमिल शैलीको यो गीतले सार्वजनिक भएसँगै दर्शक-श्रोताको ध्यान तानेको छ । यसअघि आयुष मगरका चर्चित गीतहरू ‘लैजानेछु तिमीलाई’ र ‘माया पनि बसेकै...
भारतीय अभिनेता प्रदीप रावत रहेनन्
काठमाडौँ । भारतीय चर्चित अभिनेता प्रदीपसिंह रावतको निधन भएको छ। ब्लड क्यान्सर भएका ७४ वर्षीय रावतको मंगलबार साँझ उपचारको क्रममा निधन भएको हो । मुम्बईस्थित कोकिला बेन अस्पतालमा उनको निधन भएको भारतमा रहेकी अभिनेत्री विपना थापाले जानकारी दिइन्।
बाँसको झुपडी गीतले रुवायो स्रोता र दर्शक धुुरुक्कै (भिडियोसहित)
काठमाण्डौँ । ए बि ड्रिम्सको निर्माणमा बरिष्ठ गायक प्रताप सुब्बा र गायिका रचना रिमालको स्वरमा अहिले बजारमा ‘बाँसको झुपडी’ गीत आएको छ । भुटानी शरनार्थीहरुले आफ्नो थातथलो भुटान त्याग्दै जानुपर्दाको दुखलाई गीतको भिडियोमा मार्मिक तरिकामा देखाएको छ ।&nb...
एलिनाको मर्मस्पर्शी गीत "करिमै छैन के"
काठमाडौँ । लोकप्रिय गीत करिमै छैन के युट्युबमा दर्शकको मन जित्दै भाइरल बन्दै गएको छ । भावनात्मक शब्द, मधुर स्वर र सुन्दर संगीत संयोजनका कारण गीतले छोटो समयमै राम्रो प्रतिक्रिया पाएको हो । रबि ओड र रन्जिता बिश्वकर्माको आवाजमा सजिएको यस गितमा एलिना...



