मङ्गलबार, १० कात्तिक २०८३
नेपाली

आइजिपीलाई गृहमन्त्रीको फोन : सिराहा घटनाबारे निष्पक्ष अनुसन्धान गर्नू

Main News Image

काठमाडौँ । सिराहामा एक विपन्न परिवारमाथि भएको आक्रमणको घटना राजनीतिक दबाबमा सामसुम पार्न खोजिएको आरोपपछि गृहमन्त्री ओमप्रकाश अर्यालले चासो व्यक्त गरेका छन् । प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङलाई घटनाको निष्पक्ष जाँचका लागि उनले निर्देशन दिएका छन् । गृहमन्त्री अर्यालले सिरहाको मिर्चैयामा ४ जनालाई घाइते बनाइएको घटनाबारे बुझेर अगाडि बढ्न प्रहरीलाई निर्देशन दिएका हुन् ।

मिर्चैया नगरपालिका ३ छड्की टोलको एक परिवारमाथि आक्रमण भएको थियो । पीडित परिवारले आक्रमणमा संलग्न व्यक्तिहरू मध्ये पाँच जना पक्राउ परे पनि राजनीतिक दबाबमा प्रहरीले तीन जनालाई छाडेको आरोप लगाएको छ । दोषी उम्काउन प्रहरीले जाहेरी दर्ता समेत नगरेको समाचार सार्वजनिक भएपछि गृहमन्त्री अर्यालले घटनाबारे बुझेर अगाडि बढ्न प्रहरीलाई निर्देशन दिएको स्रोतले बताएको छ। स्रोतका अनुसार गृहमन्त्री अर्यालले आइजिपीलाई फोन गरेर घटनाबारे थप बुझेर प्रक्रिया अगाडि बढाउन भनेका छन् ।

 

mediabaaji add

सम्बन्धित खबर

अमरेशकुमार सिंह रास्वपा प्रवेश गर्दै

काठमाडौँ । अमरेशकुमार सिंह राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा प्रवेश गर्ने भएका छन् । नेपाली कांग्रेसबाट कारबाहीमा परेका २०७९ को प्रतिनिधि सभा निर्वाचन सर्लाहीका स्वतन्त्र सांसद डा। अमरेशकुमार सिंहले आफू रास्वपामा प्रवेश गर्न लागेको फेसबुकमार्फत ज...

निर्वाचनका लागि आयोगले खोज्यो शान्ति, सुरक्षा र स्रोतसाधनको सुनिश्चितता

काठमाडौँ । निर्वाचन आयोग, नेपालका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सरकारले निर्वाचनमय वातावरण बनाउने प्रयोजनको लागि शान्ति सुरक्षाको पहिलो प्रत्याभूति गर्नुपर्ने बताएका छन् । शुक्रबार संघीयता सबलीकर...

मतदानको समय फेरियो : एमाले नयाँ नेतृत्व चयनका लागि ४ बजेदेखि मात्रै भोटिङ

काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भृकुटीमण्डपमा हुने भनिएको मतदानको समय परिवर्तन गरिएको छ । एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार मंगलबार दिउँसोका लागि तय गरिएको मतदानको समय सारेर दिउँसो ४...