गृहमन्त्री गुरुङ अचानक विराटनगरमा
विराटनगर । गृहमन्त्री सुदन गुरुङ सिमा क्षेत्रको सुरक्षा अवस्था र छड्के अनुगमनका लागि शनिबार अचानक विराटनगर आइपुगेका छन् । बुद्ध एयरको जहाजबाट शनिबार बिहान ११,०७ बजे मन्त्री गुरुङ कुनै पनि औपचारिक कार्यक्रमविनौ पर्यटकको भेषमा विराटनगर विमानस्थलमा ओर्लिएका हुन्।
गृहमन्त्री काठमाडौंबाट अचानक विराटनगरतर्फ उडेको सूचना पाएपछि स्थानीय सुरक्षा निकायका उच्च अधिकारीहरू हतारहतार स्वागत तथा सुरक्षा व्यवस्थापनका लागि विमानस्थल पुगेका थिए। मन्त्री गुरुङ आउने पूर्वसूचना नहुँदा सुरक्षा संयन्त्रभित्र केही बेर खैलाबैला मच्चिएको थियो।
मोरङका प्रमुख जिल्ला अधिकारी सिडिओ युवराज कट्टेलका अनुसार गृहमन्त्री गुरुङले विराटनगर आइपुगेलगत्तै सबै सुरक्षा निकायका प्रमुखहरूसँग सिमा क्षेत्रको सुरक्षा अवस्था, गस्ती र चुनौतीबारे जानकारी ब्रिफिङ लिइरहेका छन्। ब्रिफिङ सकिएलगत्तै आजै गृहमन्त्री गुरुङले नेपाल(भारत सिमावर्ती जोगवनी नाका र आसपासका सिमा क्षेत्रको प्रत्यक्ष अवलोकन तथा भ्रमण गर्ने कार्यक्रम रहेको छ।
एक्सप्रेस
सम्बन्धित खबर
उपाध्यक्ष पौडेल पक्राउको विरोधमा एमालेले देशव्यापी प्रतिरोध गर्ने
काठमाण्डौँ । नेकपा एमालेले पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको गिरफ्तारीलाई राजनीतिक प्रतिशोधपूर्ण कदम भन्दै सरकारविरुद्ध कडा रूपमा उत्रिने संकेत दिएको छ । पार्टी मुख्यालय च्यासलमा बसेको केन्द्रीय सचिवालयको नवौं बैठकले उक्त घटनाको राजनीतिक र क...
दुई साताअघि एमाले छोडेका जीतेन्द्र देव कांग्रेसमा प्रवेश
काठमाण्डौँ । दुई साताअघि नेकपा एमाले छाडेका जीतेन्द्र नारायण देव नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । मंगलबार सप्तरीको राजविराजस्थित कांग्रेस कार्यालयमा आयोजित एक कार्यक्रम देव कांग्रेसमा प्रवेश गरेका हुन् । उनलाई कां...
पूर्वप्रधानमन्त्री देउवा स्वदेश फिर्ता
काठमाण्डौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा स्वदेश फर्किएका छन् । बिहीबार बैंककबाट स्वदेश फर्किएका हुन्। उनलाई कांग्रेस नेताहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन् ।
कांग्रेसका पूर्वक...
प्रधानमन्त्री शाहको भारत भ्रमणको तयारी तीव्र : कार्यसूची बनाउँदै परराष्ट्र
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहको पहिलो औपचारिक वैदेशिक भ्रमणका रूपमा हुने भारत भ्रमणको तयारीलाई सरकारले तीव्रता दिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्रीमा शाह निर्वाचित भएपछि दिएको बधाईपत्रमा भारत भ्रमणको निम्तो पनि गरे...



