हिम्लुङ हिमपहिरो : थप ८ जनाको शव भेटियो, मृतकको संख्या १५ पुग्यो
मनाङ । मनाङको नार्पाभूमि गाउँपालिका ५ स्थित हिम्लुङ हिमालमा गएको हिमपहिरोमा परी हराइरहेकामध्ये बिहीबार थप आठ जनाको शव भेटिएको छ। योसँगै गत असोज ११ गते गएको हिमपहिरोमा परी ज्यान गुमाउने आरोहीको संख्या १५ पुगेको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलका अनुसार बिहीबार बिहान चार र दिउँसो थप चार जनाको शव फेला परेको हो। यसअघि सात जनाको शव भेटिइसकेको थियो। घटनामा अझै एक जना हराइरहेका छन् ।
नेपाली सेनाको हेलिकप्टरमार्फत फेला परेका शवहरूमध्ये दुई वटा सदरमुकाम चामे र छ वटा फूगाउँसम्म ल्याइएको छ । ‘रात परेकाले हेलिकप्टर उडान सम्भव भएन। बाँकी शवहरू शुक्रबार चामे ल्याइनेछ,’ सहायक प्रजिअ पौडेलले भने ।
एक्सप्रेस
सम्बन्धित खबर
काठमाडौँ महानगरमा वैशाख १५ देखि शैक्षिक सत्र ०८३ शुरू हुने
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आगामी शैक्षिक सत्र २०८३ को पठनपाठन तथा सम्पूर्ण शैक्षिक गतिविधि वैशाख १५ गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको छ । महानगरपालिकाको शिक्षा विभागले वैशाख १० गते एक सूचना जारी गर्दै महानगरभित्रका सबै विद्यालयलाई उ...
दिदीबहिनी र दाजुभाइ नहुनेका लागि आज रानीपोखरीको बालगोपालेश्वर मन्दिर खुला
काठमाडौँ । आज तिहारको मुख्य दिन भाइटीका मनाइँदैछ । दिदीबहिनी नहुनेका लागि आजैका दिन काठमाडौंको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुलाइने प्रचलन छ । बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक आजैका दिनमात्र खुल्ने गर्...
बूढीगण्डकीको विनाशकारी बहाव : के भन्छ बाढी पूर्वानुमान महाशाखाको प्रतिवेदन ?
काठमाडौँ । गोरखाको चुमनुब्री गाउँपालिका–६, तुभजेनजिक बूढीगण्डकी नदीमा आएको असामान्य बाढी हिमाली क्षेत्रमा गएको पहिरोका कारण नदीको बहाव अवरुद्ध भई पानी जम्मा भएको र त्यसपछि अवरोध कमजोर भएर वा भत्किएर एक्कासि ठूलो बहाव निस्किएको हुन सक्ने प्रारम्भिक...
भीमफेदी कारागारका १ सय ६८ कैदीबन्दी अझै फरार
बागमती । मकवानपुरको भीमफेदीस्थित क्षेत्रीय कारागारबाट फरार भएकामध्ये दुई सय ७२ जना कैदीबन्दी कारागार फर्किएका छन् भने एक सय ६८ जना कैदीबन्दी अझै फरार छन् । गत भदौ २४ गते राति कारागारको पर्खाल भत्काएर फरार भएका चार सय ४...
आज निर्जला एकादशी, तुलसीको दल राख्ने दिन
काठमाडौँ । ज्येष्ठ शुक्ल पक्षको एकादशीलाई निर्जला एकादशी भनिन्छ । श्रीहरिको प्रिय तिथि एकादशीमा भगवान् नारायणको पूजा गरिन्छ । आजको दिन गङ्गा तथा अन्य पवित्र नदीमा स्नान गरी पानीसमेत त्याग गरी व्रत बस्ने विधान रहेको छ । आज पूर्ण रूपले उपबास ब...
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी पक्राउ
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानका महानिर्देशक प्रदीप अधिकारी पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई नियन्त्रणमा लिएको हो । उनलाई पक्राउ गरेसँगै अख्तियारले विशेष अदालतमा मुद्दा दायर ग...



