महासागरको तापक्रममा उच्च वृद्धि,जलवायु परिवर्तनका नयाँ रेकर्डहरू कायम
काठमाडौँ । युरोपेली सङ्घको जलवायु निगरानी निकायले मार्च महिनामा महासागरको तापक्रम झन्डै रेकर्ड स्तरमा पुगेको जनाएको छ । यसले पृथ्वीको समग्र तापक्रममा थप वृद्धि ल्याई अत्यधिक गर्मी र चरम मौसमी अवस्था निम्त्याउन सक्ने सङ्केत गरेको छ ।
प्रतिवेदनअनुसार मार्च महिनामा समुद्री सतहको औसत तापक्रम करिब २०।९७ डिग्री सेल्सियस पुगेको थियो, जुन मार्च महिनाका लागि इतिहासकै दोस्रो उच्च स्तर हो ।
विज्ञहरूका अनुसार यस्तो तातो चक्रले प्रशान्त महासागरको पानी तातो बनाउँछ र यसले विश्वव्यापी तापक्रम वृद्धि तथा चरम मौसम निम्त्याउन सक्छ। हाल चिसो चक्र क्रमशः समाप्त हुँदै सामान्य अवस्थामा जाने र त्यसपछि फेरि तातो चक्र सुरु हुने अनुमान गरिएको छ । वैज्ञानिकहरूले यी चक्रहरू प्राकृतिक भए तापनि मानव गतिविधिका कारण बढ्दो दीर्घकालीन तापक्रमसँग मिलेर अझ गम्भीर असर पार्ने बताएका छन् ।
एक्सप्रेस
सम्बन्धित खबर
अमेरिकासँग अन्तिम सम्झौताका लागि वार्ता अझै सुरु नभएको इरानको दाबी
काठमाण्डौँ । इरानले आफ्नो आणविक कार्यक्रमसहित अमेरिकासँग हुने अन्तिम शान्ति सम्झौता सम्बन्धी औपचारिक वार्ता अझै सुरु नभएको दाबी गरेको छ । इरानका विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले सरकारी प्रसारक आईआरआईबीसँग कुरा गर्दै अन्तिम सम्झौताका लागि...
पुटिन-ट्रम्प वार्ता : रुसले अमेरिकालाई लाखौँ टन डिजेल दिने, युक्रेन संकटमा पनि छलफल
काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच युक्रेन युद्धको समाधान, विश्वव्यापी ऊर्जा आपूर्ति, इरानको अवस्था र दुई देशबीचको सम्बन्धबारे शुक्रबार टेलिफोन वार्ता भएको छ। वार्तापछि ट्रम्पले रुसले अमेरिका र विश्व...



