बालुवाटारमा उच्चस्तरीय बैठक : सम्भावित चुनौतीबारे छलफल
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा बालुवाटारमा उच्चस्तरीय बैठक बसेको छ । बैठकमा गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव रामेश्वर दंगाल र चारवटै सुरक्षा निकायका प्रमुखहरू सहभागी थिए । करिब दुई घण्टा चलेको बैठकमा सुरक्षा प्रमुखहरूले देशभरको अवस्थाबारे जानकारी दिँदै सम्भावित चुनौती र जोखिमबारे जानकारी दिएका थिए । बैठकपछि गृहमन्त्री अर्यालले पत्रकारहरूसँग कुरा गर्दै सरकारले वर्तमान परिस्थितिको सूक्ष्म मूल्याङ्कन गरेको बताए । उनका अनुसार विभिन्न समूहले प्रदर्शनको तयारी गरिरहेका सूचनाका आधारमा सरकार सतर्क बनेको छ ।
ुराजनीतिक मागहरू जिम्मेवार ढंगले राख्न सबै स्वतन्त्र छन् । तर, अशान्ति वा अराजकता फैलाउने कुनै गतिविधि सह्य हुने छैन,ु गृहमन्त्री अर्यालले भने।
उनले राजनीतिक विषयहरू संवादमार्फत समाधान गर्न सरकार तयार रहेको उल्लेख गर्दै सम्बद्ध पक्षहरूलाई संयमित र जिम्मेवार रूपमा प्रस्तुत हुन आग्रह गरे।
एक्सप्रेस
सम्बन्धित खबर
महाधिवेशनसम्बन्धी सहमति हुन नसक्दा कांग्रेस बैठक स्थगित
काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आजको बैठक स्थगित भएको छ । कार्यसमितिको अर्को बैठक यही कात्तिक १८ गते मङ्गलबार दिउँसो १ बजेका लागि तोकिएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठकमा के...
नेपालका कारण आफ्नो देशमा खतरा रहेको भन्दै भारतले उठायो प्रश्न
काठमाडौँ । नेपालमा जेन-जी आन्दोलनपछि सुरक्षा व्यवस्थालाई लिएर भारत सरकारले प्रश्न उठाएको छ। जेन(जी आन्दोलनको क्रममा सुरक्षा अंगबाट लुटिएका हतियार र भागेका अपराधीहरूको अवस्था अज्ञात रहेको भन्दै भारतले प्रश्न उठाएको हो।...
मनाङमा प्रत्यक्षतर्फ तीन चिन्हमा मतदान हुने
मनाङ । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा हिमाली जिल्ला मनाङमा प्रत्यक्षतर्फ तीन चिह्नमा मतदान हुने भएको छ । नेपाली कांग्रेसको रुख, नेपाली कम्युनिष्ट पार्टीको रातो तारा र मङ्गोल नेशनल अर्गनाइजेसनको भाले चिन्हमा मतदान हुने भएको मुख्य नि...



