मङ्गलबार, १० कात्तिक २०८३
नेपाली

चुनाव अघि सेयर बजारमा उच्च वृद्धि, कारोबार रकम ६ अर्ब माथि

Main News Image

काठमाण्डौँ । चुनाव अघि सेयर बजारमा हरियाली देखिएको छ । मंगलबार सेयर बजार परिसुचक ३८.५२ अंकले बढेर २७१२.४९ विन्दुमा पुगेको हो । यो अघिल्लो कारोबार भन्दा १.४४ प्रतिशतले धेरै हो । आज सेयर बजारमा २५४ कम्पनीको सेयर मूल्य बढेको छ भने ६ कम्पनीको घटेको छ ।

त्यस्तै २ कम्पनीको सेयर मूल्य आज स्थिर रहको छ । आज सेयर सेन्सेटिभ इन्डेक्स पनि ६.२५ अंकले बढेर ४६५.९९ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ उपसूचकमध्ये १२ वटाको मूल्य बढेको छ भने १ वटाको घटेको छ । 

परिसूचक बढेको दिन सेयर बजारमा ६ अर्ब माथिको कारोबार भएको छ । आज सेयर बजारमा ३२९ कम्पनीका १ करोड ५१ लाख ८४ हजार ६०७ कित्ता सेयर ६१ हजार ३२९ पटक खरिद बिक्री हुँदा ६ अर्ब २३ करोड ४३ लाख ८१ हजार ४८० रुपैयाँको कारोबार भएको छ । आज सेयर बजारमा एउटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । 


mediabaaji add

सम्बन्धित खबर

सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै, आज कति पुग्यो ?

काठमाडौँ । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा १ हजार ३०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन तोलामा २ लाख ७० हजार ६०० रुपैयाँ कायम भएको छ ।  यसअघि शुक्रबार छापावाल...

सुन र चाँदीको मूल्य सामान्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा आज सुन र चाँदीको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेर २ लाख ९१ हजार ३०० रुपैयाँ कायम भएको छ । बुधबार छापावाल सुन प्रतितोला २ लाख ९१ हजार रुपैयाँमा...

बिहीबार कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १४३ रुपैयाँ ३६ पैसा र बिक्रीदर १४३ रुपैयाँ ९६ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर १६९ रुपैयाँ ०९ पैसा र बिक्...