मङ्गलबार, १० कात्तिक २०८३
नेपाली

अण्डा र मकैमा उच्च वार्षिक वृद्धिदर

Main News Image

काठमाडौँ । कृषि उत्पादनको सूचकाङ्कमा वृद्धि भएको देखिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको त्रैमासिक कृषि उत्पादक मूल्य सूचकाङ्क अनुसार, आर्थिक वर्ष आव २०८२,८३ को पहिलो त्रैमासिकमा समग्र कृषि उत्पादन मूल्य सूचकाङ्क १९३.७२ पुगेको छ । जुन अघिल्लो आवको तुलनामा २.५ प्रतिशतले वृद्धि भएको हो ।

विशेषगरी अण्डाको मूल्य सूचकाङ्कमा सबैभन्दा उच्च वार्षिक वृद्धि दर ९.५ प्रतिशत देखिएको छ । यसबाहेक, वर्षे मकैको मूल्यसूचकाङ्क ३.८ प्रतिशतले वृद्धि भएको तथ्यांकमा उल्लेख छ । त्यसैगरी, माछाको ३.६ प्रतिशत र अन्नबालीको ३.१ प्रतिशतले वृद्धि भएको छ ।

धान र दूधको मूल्य क्रमशः २.४ प्रतिशतको वृद्धि दरसहित स्थिर रहेको छ। तर मसला बालीको मूल्य वृद्धिदर ०.८ प्रतिशत मात्र रहेको छ, जसले यस क्षेत्रमा केही स्थिरता देखाउँछ ।


mediabaaji add

सम्बन्धित खबर

करदातालाई दपेटेर होइन, खुसी पारेर कर उठाउनुस् : अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करदातालाई खुसी पारेर कर उठाउन कर प्रशासकहरूलाई निर्देशन दिएका छन् । बिहीबार आन्तरिक राजस्व विभाग, लाजिम्पाटमा देशभरका विभाग मातहतका कर अधिकृतहरूलाई सम्बोधन गर्दै उनले यस्तो निर्देशन दिएका हुन् ।

‘...

नेशनल लाइफले पहिलो त्रैमासमा कमायो १४ करोड ८ लाख रुपैयाँ नाफा, बीमाकोष खर्ब नजिक

काठमाडौँ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा १४ करोड ८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले गत आवको पहिलो त्रैमासमा कमाएको १३ करोड ८३ लाख रुपैयाँको तुलनामा १.८१ प्रतिशतले ख...

चालु आवको चौमासिक अवधिमा अझै २५ स्थानीय तह बजेटविहीन

काठमाडौँ । चालु आर्थिक बर्षको चार महिना पूरा भए पनि मधेश प्रदेशका २४ स्थानीय तहले बजेट प्रस्तुत गर्न सकेका छैनन्। देशभर हालसम्म कूल सात सय २८ स्थानीय तहले बजेट प्रस्तुत गरे पनि २५ स्थानीय तहले बजेट ल्याउन सकेका छैनन् ।...