तिब्बतको जिरोङमा भारी वर्षाको प्रक्षेपण, सतर्कता अपनाउन अपिल
काठमाडौँ । चीनको दक्षिण पश्चिम सिजाङ स्वायत्त क्षेत्र तिब्बत स्थित केरुङ ग्याइरोङ काउन्टीमा आगामी दिनहरूमा, विशेष गरी रातिको समयमा थप वर्षा हुने सम्भावना रहेको चीनको राष्ट्रिय मौसम विज्ञान केन्द्रले जनाएको छ । मौसम पूर्वानुमान अनुसार आइतबारदेखि सोमबारसम्म केरुङमा हल्कादेखि मध्यम वर्षा हुनेछ भने मङ्गलबार राति मध्यमदेखि भारी वर्षा हुने सम्भावना रहेको छ ।
गत अगस्ट २६ मा चीन नेपाल सीमावर्ती केरुङ नाकामा गएको पहिरोपछि उद्धार तथा राहत कार्य तीव्र पारिएकै बेला यो वर्षाको पूर्वानुमान आएको हो।
एक्सप्रेस
सम्बन्धित खबर
पृथ्वीराजमार्ग दैनिक चार घण्टा बन्द
कास्की । पृथ्वीराजमार्ग आजदेखि यही मङ्सिर ११ गतेसम्म दैनिक चार घण्टा बन्द हुने भएको छ । मार्गमा पर्ने पोखराको विजयपुर खोलामा निर्माणाधीन पुलको ‘ग्रीडर लन्चिङ’ कार्य सुरु हुने भएकाले वैकल्पिक सडक प्रयोग गर्न...



