बुधबार, ११ कात्तिक २०८३
नेपाली

वैशाख १० सम्म तातो लहर चल्ने, उच्च सतर्कता अपनाउन आग्रह

Main News Image

काठमाडौँ ।  मौसम पूर्वानुमान महाशाखाले आगामी वैशाख १० गते बिहीबारसम्म देशका तराई र पहाडका विभिन्न जिल्लाहरूमा तातो दिन तथा तातो लहर अर्थात् हिट वेभको सम्भावना रहेको भन्दै नागरिकहरूलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । 

मौसमविद् रोजन लामिछानेका अनुसार विशेषगरी कञ्चनपुर, कैलाली, डोटी, बर्दिया, बाँके, दाङ, कपिलवस्तु, रुपन्देही र पश्चिम नवलपरासीमा मध्यम स्तरको तातो लहर चल्ने सम्भावना देखिएको छ । यसका साथै मधेश प्रदेशका सम्पूर्ण भूभाग, बाग्मती र गण्डकी प्रदेशका तराई तथा पहाडी क्षेत्रहरू, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी भेगका साथै खोच र उपत्यकाहरूमा समेत तातो दिन हुने अनुमान गरिएको छ भने अन्य क्षेत्रहरूमा पनि तापक्रम क्रमशः बढ्दै जाने देखिएको छ ।


mediabaaji add

सम्बन्धित खबर

बसले मोटरसाइकललाई ठक्कर दिँदा ज्यान गुमाएका दुवैको खुल्यो पहिचान

काठमाण्डौँ । कपिलवस्तुमा बसले मोटरसाइकलाई ठक्कर दिँदा मृत्यु भएका दुवैको पहिचान खुलेको छ । आइतबार बिहान १ बजे शुद्धोधन गाउँपालिका(६ बिमियाको हुलाकी सडक खण्डमा लुप्र ०१–००४ प ३८५६ नम्बरको मोटरसाइकललाई नेपालगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको मध्य पश्च...

कुलेखानी जलाशयको जलसतह नियन्त्रणमा, बाँधका ढोका खोल्नुपर्ने अवस्था छैन

काठमाडौँ । कुलेखानी जलाशयमा हाल जलसतह नियन्त्रणभित्र रहेको र तत्काल बाँधका ढोका खोल्नुपर्ने कुनै जोखिम नरहेको नेपाल विद्युत प्राधिकरण, कुलेखानी आयोजनाले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाको विशेष बुलेटिनअनुसार असोज ७ देखि ११ गतेसम्म परेको भारी वर...

मौसम : एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपात

काठमाडौँ । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी, मधेस, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र तराईमा आंशिक बादल लागेको छ भने बाँकी भागमा मौसम स...

मनसुनको प्रभाव सीमित, तराईका केही क्षेत्रमा तातो हावा चल्ने पूर्वानुमान

काठमाडौँ । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको पूर्वी भेगमा मनसुनी वायुको प्रभाव रहेको छ । अन्य भागमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसा...