बिहिबार, १२ कात्तिक २०८३
नेपाली

हर्क साम्पाङले सुरु गरे दार्चुलामा पुल बनाउने अभियान

Main News Image

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले दार्चुलामा पुल बनाउने अभियान थालेका छन् । धरानका साम्पाङले दार्चुलाको ब्याँस गाउँपालिका वडा नम्बर ४ मा पर्ने डोकटमा रहेको महाकाली नदीको सहायक नदी कौवा खोलामा रहेको तुइन विस्थापन गरी झोलुङ्गे पुल बनाउने जुन अभियान सुरु गरेका हुन् ।

स्थानीय बासिन्दाहरूले वर्षौँदेखि तुइनको जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यतालाई अन्त्य लागि श्रमदान अभियान चलाएर झोलुङ्गे पुल निर्माण सुरु गर्न लागेका हुन् । अध्यक्ष साम्पाङले फेसबुक लाइभ मार्फत अध्ययनको लागि श्रमदाताको टोली दार्चुला जान लागेको जानकारी दिएका छन् । यसैगरी उनले सहयोग अभियान पनि सुरु गरेका छन् ।

धरानमा खानेपानी ल्याउन प्रयोग गरिएको ुश्रमदान र जनसहभागिताु को मोडललाई नै उनले यहाँ पनि प्रयोग गर्न खोजेका छन्। यसका लागि उनले सामाजिक सञ्जालमार्फत आर्थिक सहयोग र जनशक्तिको आह्वान समेत गरेका छन् ।

mediabaaji add

सम्बन्धित खबर

राष्ट्रपति पौडेल कतारतर्फ  प्रस्थान

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल आज कतार प्रस्थान गरेका छन्। कतारको राजधानी दोहामा यही कात्तिक १८ देखि २० गतेसम्म आयोजना हुने ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुन उनी त्यसतर्फ...

मतपत्र छपाइ सकियो, १० दिनभित्र सबै जिल्लामा पुर्‍याइने

भक्तपुर । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक सम्पूर्ण मतपत्र छपाइ सम्पन्न भएको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका प्रबन्ध निर्देशक यदुनाथ पौडेलले निर्वाचन आयोगले दिएको मतपत्र छपाइको जिम्मेवारी सोमबार साँझ सम्पन्...

सुधन गुरुङको नागरिकता नक्कली भएको भन्दै छानबिन गर्न माग

काठमाडौँ । नेकपा एमाले निकट राष्ट्रिय युवा संघको पदाधिकारी बैठकले हामी नेपालका संयोजक सुधन गुरुङको नागरिकताको सत्यता छानबिन गर्न सरकारसँग माग गरेको छ । संघका प्रवक्ता निरोज पौडेलले भने, ‘सुधन गुरुङको नागरिकता सक्...

२३ र २४ गतेको घटनाको प्रतिवेदन अपूर्ण र अप्रमाणित : पूर्वगृहमन्त्री लेखक

काठमाडौँ । पूर्वगृहमन्त्री रमेश लेखकले सरकारले आफूलाई प्रतिशोधपूर्ण र पूर्वाग्रही ढङ्गले हिरासतमा राखेको आरोप लगाएका छन् । गत भदौ २३ र २४ गतेको घटना छानबिनका लागि गठित आयोगको प्रतिवेदनलाई ‘अपूर्ण र अप्रमाणित’ संज्ञा दिँदै उनले आफूमाथि लगाइएको फौजद...