मङ्गलबार, ०६ असोज २०८३
नेपाली

तराईमा हुस्सुको प्रभाव, उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

Main News Image

काठमाडौँ । देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेकाले तराई भूभागका अधिकांश स्थानहरूमा आज दिउँसो हुस्सु तथा कुहिरो लाग्ने छ भने केही प्रदेशमा आंशिक बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले तराईका अधिकांश स्थानहरू हुस्सुले ढाकिएका छन् । महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी तथा हिमाली भूभागमा साधारण बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ ।

कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाका साथै उच्च पहाडी तथा हिमाली भू(भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।

त्यसैगरी, आज राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू(भागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया मौसम सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ। तराईका केही स्थानमा हुस्सु रहनेछ।

मौसम पूर्वानुमान महाशाखाले तराई क्षेत्रमा हुस्सुको प्रभावका कारण दैनिक जनजीवन, स्वास्थ्य तथा सडक यातायातमा आंशिक असर पर्न सक्ने चेतावनी दिएको छ। महाशाखाले आवश्यक सतर्कता अपनाउन तथा दैनिक रूपमा जारी हुने अद्यावधिक मौसमी सूचनाको जानकारी लिन सर्वसाधारणलाई अनुरोध गरेको छ।

mediabaaji add

सम्बन्धित खबर

देशैभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षा हुनसक्ने

काठमाडौँ । हाल देशभर मनसनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको न्यून चापीय रेखा हाल सरदर स्थानभन्दा दक्षिणतर्फ अवस्थित छ । यसकै प्रभावका कारण कोशी प्रदेशलगायत अन्य प्रदेशका पहाडी तथा हिमाली भूभागमा साधारणतया बादल लागे...

काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियसभन्दा तल

काठमाण्डौँ । आज बुधबार सुरुवाती मापनमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियसभन्दा तल देखिएको छ । मौसम पूर्वानुमान महाशाखाले नेपालखबरलाई दिएको जानकारीअनुसार आज बिहान ५:४५ बजे काठमाडौँको न्यूनतम तापक्रम २.७ डिग्री सेल्सियस देखिएको हो।...

आज बागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमै अवस्थित छ...

कृष्णभीर पहिरो : १५ दिनभित्र अस्थायी ट्र्याक खोलिने, वैकल्पिक मार्ग प्रयोग गर्न अपिल

काठमाडौँ । धादिङको कृष्णभीरमा खसेको ठूलो पहिरोका कारण पृथ्वी राजमार्गको मुग्लिन नौबिसे खण्ड पूर्ण रूपमा ठप्प भएको छ । त्रिशूली नदीले सडक मुनिको जमिन कटान गरेपछि पहिरो खस्दा काठमाडौँ तथा धादिङ हुँदै चितवन, तनहुँ, कास्कीसहित पश्चिम नेपालतर्फ जाने आउ...

चितवनमा बाढीका २२९ बेवारिसे शव गाड्ने जिल्ला प्रशासनको निर्णय, डिएनए नमुना सुरक्षित राखिने

चितवन । रसुवा बाढीका कारण नदीले बगाएर चितवनका विभिन्न स्थानमा पुर्‍याएका २ सय ३३ वटा शवमध्ये पहिचान हुन नसकेका २ सय २९ वटा शवलाई जमिनमुनि गाडेर व्यवस्थापन गर्ने निर्णय गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार सङ्कलन गरिएका शवहरूमध्य...

उच्च पहाडी तथा हिमाली भेगमा हिमपात र पहाड-तराईका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रत्यक्ष प्रभाव परेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ अवस्थित रहेकाले देशका अधिकांश भूभागमा मौसमी बदली र वर्षाको गतिविधि जारी छ ।

अहिले देशभर आंशिक...