हजुरआमाको हत्या गरेर सुनका गहना लुट्ने नाती पक्राउ
कास्की । कास्कीमा २२ वर्षीय युवक हजुरआमाको हत्या आरोपमा पक्राउ परेका छन् । पोखरा महानगरपालिका–३१ बाँसपानीकी ७५ वर्षीया दालकुमारी परियारको यही पुस ३ गते धारिलो हतियार प्रयार गरी हत्या भएको थियो । प्रहरीले घटनामा सङ्लग्न रहेको अभियोगमा मृतकका नाति २२ वर्षीय आशिष परियारलाई शुक्रबार पोखरा–१० बुद्धचोकबाट पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतका अनुसार वृद्धाको हत्यापछि कानमा लगाएको गहना पनि लुटिएको थियो ।
त्यो गहनासहित आशिषलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका आशिषको साथबाट सुनजस्तो देखिने पहेँलो रङको कानमा लगाउने दुई थान रिङ, तौल ७२ लालको साना मुन्द्राहरु चार थान र घटनामा प्रयोग भएको बञ्चरो र चक्कु बरामद गरिएको प्रहरीले जनाएको छ ।
हत्या आरोपी आशिषलाई कास्की जिल्ला अदालतबाट कर्तव्य ज्यान सम्बन्धी मुद्दामा सात दिन म्याद थप गरी थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रनाउ बस्नेतले जानकारी दिए ।
एक्सप्रेस
सम्बन्धित खबर
वीरगञ्जमा आज दिउँसो १ बजेसम्म कफ्र्यु थप
वीरगञ्ज । वीरगञ्जमा जिल्ला प्रशासन कार्यालयले आज बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्मका लागि कफ्र्यु आदेश थप गरेको छ । यसअघि सोमबार बेलुका ६ बजेदेखि मङ्गलबार बिहानसम्म कफ्र्यु लागू गरिएको थियो। पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालका अनुसार व...
दीपक भट्टलाई उपस्थित गराउन सर्वोच्च अदालतको आदेश
काठमाडौँ । सर्वोच्च अदालतले व्यवसायी दीपक भट्टलाई अदालतमा उपस्थित गराउन आदेश दिएको छ । न्यायाधीश अब्दुल अजिज मुसलमानको एकल इजलासले भट्टलाई बन्दीसहित उपस्थित गराउन आदेश दिएको हो ।
भट्टको हकमा उनकी श्रीमती आयुष्मा नेपालले दायर गरेको बन्द...
रास्वपाको सदस्यता देखाएर गहुँ र चिनीको तस्करी गर्ने विकास लुनिया को हुन् ?
काठमाडौँ । एक खाद्यान्न व्यपारीले रास्वपाको सदस्य हुँ भन्दै खाद्यान्नको अबैध कारोबारमा संलग्न रहेको पाइएको छ । भन्सार बाहिरबाट वस्तु ल्याएर बिक्री गर्न पल्किएका ती व्यापारी ‘सिजनल’ रुप धारणा गरी ‘सिजनल’ तस्करीमा लागेका हुन् । बिराटनगरलाई आधार बनाए...
स्मार्ट टेलिकमका प्रबन्ध निर्देशक जोशी पक्राउ
काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले स्मार्ट टेलिकम स्मार्ट सेलका अध्यक्ष सर्वेश जोशीलाई नियन्त्रणमा लिएको छ । ठगी तथा आपराधिक विश्वासघात सम्बन्धी कसुरमा संलग्न रहेको आरोपमा जोशीलाई सोमबार काठमाडौंको खुर्सानीटारबाट पक्राउ...
लघुवित्त पीडितसँग वार्ता गर्न अर्थमन्त्रीद्वारा समिति गठन
काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आन्दोलनरत लघुवित्त पीडितसँग वार्ता गर्न समिति गठन गरेका छन्। बिहीबार मन्त्रिस्तरीय निर्णय गर्दै उनले अर्थ मन्त्रालयका सहसचिव महेश आचार्यको संयोजकत्वमा वार्ता टोली गठन गरेका हुन् ।
उनले समितिलाई आजै...
विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ रकम ठगी गरेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा रौतहट बौधीमाई नगरपालिका–७ का २५ वर्षीय मिथिलेश कुशवाहा, भोजपुर...



