आइतबार, ०८ कात्तिक २०८३
नेपाली

सरकारको राहत प्याकेजः रसुवा बाढी पीडित बीमितले ५० प्रतिशतसम्म अग्रिम बीमा दाबी भुक्तानी पाउने

Main News Image

काठमाडौँ । सरकारले रसुवा बाढी प्रभावित बीमितलाई बीमा दाबीको प्रारम्भिक मूल्याङ्कनका आधारमा अग्रिम भुक्तानी उपलब्ध गराउने निर्णय गरेको छ । बिहीबार अर्थ मन्त्रालयले सार्वजनिक गरेको ‘रसुवा बाढी पुनरुत्थान प्याकेज’ मार्फत यस्तो व्यवस्था गरिएको हो ।

मन्त्रालयका अनुसार बाढीबाट भएको क्षतिको बीमा दाबी मूल्याङ्कनलाई थप प्रभावकारी र छिटोछरितो बनाउन सरलीकृत प्रक्रियाबाट सर्भेयर खटाउन सकिने व्यवस्था गरिने भएको छ । त्यसैगरी, बाढीबाट भएको क्षतिको बीमा दाबी गर्ने बीमितलाई प्रारम्भिक मूल्याङ्कन प्रतिवेदनका आधारमा बीमकले बढीमा ५० प्रतिशतसम्म अग्रिम दाबी भुक्तानी उपलब्ध गराउने व्यवस्था गरिएको छ ।

पुनर्बीमकले समेत बीमकलाई बढीमा ५० प्रतिशतसम्म अग्रिम दाबी भुक्तानी उपलब्ध गराउने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ ।

mediabaaji add

सम्बन्धित खबर

पहिलो चौमासिकमा काठमाडौं महानगरपालिकाको खर्च १२.९४ प्रतिशत

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो चौमासिक अवधिमा काठमाडौं महानगरपालिकाको कुल खर्च १२.९४ प्रतिशत पुगेको छ। विनियोजित २५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रुपैयाँ मध्ये ३ अर्ब २५ करोड २२ लाख ८४ हजार ६१ रुपैयाँ खर्च भएको हो ।...

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, प्रतिलिटर कति ?

काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य समायोजन भएको छ। नेपाल आयल निगमले आजदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टीतेलको मूल्य समायोजन गरेको हो । निगमका अनुसार पेट्रोलमा प्रतिलिटर एक रूपैयाँ, डिजल र मट्टीतेलमा प्रतिलिटर तीन रूपैयाँले मूल्य बढेको छ। न...