गोरखामा डा. बाबुराम भट्टराईको पार्टीले कांग्रेसलाई सघाउने
गोरखामा डा. बाबुराम भट्टराईको पार्टीले कांग्रेसलाई सघाउने
काठमाडौँ । गोरखाका दुवै निर्वाचन क्षेत्रमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको पार्टी प्रगतिशील लोकतान्त्रिक पार्टी प्रलोपाले नेपाली कांग्रेसका उम्मेदवारलाई सहयोग गर्ने निर्णय गरेको छ । प्रलोपाले यहि फागुन २१ गते हुने निर्वाचनमा प्रलोपाले प्रत्यक्षतर्फ नेपाली कांग्रेसको चुनाव चिन्ह ‘रुख’ लाई समर्थन गर्ने निर्णय गरेको हो ।
समानुपातिकतर्फ भने आफ्नै चुनाव चिन्ह ‘आँखा’ मा मतदान गर्ने निर्णय गरेको प्रलोपाका जिल्ला अध्यक्ष नारायण खत्रीले जानकारी दिए। दुई पार्टीबीच मिलेर जाने समझदारी अनुसार प्रलोपाले प्रतक्ष्यतर्फ कांग्रेसलाई सहयोग गर्ने निर्णयमा पुगेको अध्यक्ष खत्रीले बताए । प्रलोपाको हालै सम्पन्न बैठकले गोरखाका दुबै क्षेत्रमा कांग्रेसलाई सहयोग निर्णय गरेसँगै कांग्रेसले उक्त निर्णयको स्वागत गर्दै आभार प्रकट गरेको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
निर्वाचन ७८ दिन बाँकीः राजनीतिक दल र उम्मेदवारले १० वटा मात्रै झण्डा प्रयोग गर्न सक्ने
काठमाडौँ । निर्वाचन आयोगले चुनाव प्रचारप्रसारका क्रममा धेरै झण्डाको प्रयोग नहोस् भन्ने उद्देश्यले नयाँ व्यवस्था प्रस्ताव गरेको छ। आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रस्ताव गरे...
आयोगले भन्यो : मतदाता नामावली संकलनमा अनधिकृत व्यक्तिको पहुँच छैन
काठमाडौँ । निर्वाचन आयोगको मतदाता नामावलीमा अनधिकृत व्यक्तिको पहुँच बढेको भन्ने हल्लामा सत्यता नरहेको बताएको छ । सामाजिक सञ्जालमा अनधिकृत व्यक्तिको पहुँच बढेको बहस सुरु भएसँगै आयोगले प्रष्टिकरण दिएको हो । आयोगले सोमबार...
राष्ट्रपति पौडेल आज अपराह्न स्वदेश फर्कँदै
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहामा आयोजित ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’ मा सहभागी भएर आज अपराह्न स्वदेश फर्कँदै छन् । राष्ट्रपति पौडेलले उक्त सम्मेलनको मुख्य सत्रलाई गत मंगलबार सम्बोधन गरेका...



