सोमबार, ०५ असोज २०८३
नेपाली

गोरेलाई थप १० वर्ष कैद, तर सुन काण्डमा संगठित अपराध पुष्टि भएन

Main News Image

मोरङ । मोरङको उर्लाबारीमा सनम शाक्यको विभत्स हत्या प्रकरणमा मुख्य अभियुक्त ‘गोरे’ भनिने चुडामणि उप्रेतीलाई उच्च अदालत विराटनगरले थप १० वर्ष कैद सजाय सुनाएको छ ।  तर, बहुचर्चित ३८ क्विन्टल सुन तस्करी प्रकरणमा भने अदालतले संगठित अपराध पुष्टि हुन नसक्ने ठहर गरेको छ । न्यायाधीशद्वय महेन्द्रनाथ उपाध्याय र प्रकाशचन्द्र अधिकारीको संयुक्त इजालासले जिल्ला अदालत मोरङको फैसलालाई आंशिक रूपमा उल्ट्याउँदै उप्रेतीलाई अपहरण तथा शरीर बन्धक मुद्दामा दोषी ठहर गरेको हो। यससँगै उप्रेतीले कर्तव्य ज्यान मुद्दामा पाएको जन्मकैद २० वर्ष बाहेक थप १० वर्ष कैद भोग्नुपर्ने भएको छ ।

जिल्ला अदालतले उप्रेतीलाई हत्या मुद्दामा दोषी ठहर गरे पनि अपहरण तथा शरीर बन्धकसम्बन्धी अभियोगमा सजाय नतोकेको भन्दै सरकारी पक्षले पुनरावेदन गरेको थियो। माघ २० गतेदेखि निरन्तर सुनुवाइपछि उच्च अदालतले सरकारी दाबीलाई आंशिक रूपमा स्वीकार गरेको हो ।

उच्च अदालतले यसै प्रकरणमा जिल्ला अदालतबाट २०–२० वर्ष कैद सजाय पाएका नरेन्द्र कार्की, मोहन काफ्ले र भोजराज भण्डारीको सजाय घटाएर १०–१० वर्षमा सीमित गरेको छ ।

mediabaaji add

सम्बन्धित खबर

पूर्वसचिव सङ्गीता मिश्रविरुद्ध भ्रष्टाचारको आरोपमा मुद्दा दायर

काठमाडौँ । पूर्वसचिव डा सङ्गीता मिश्रविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले स्वास्थ्य सेवा विभागको महानिर्देशकको जिम्मेवारी सम्हाल्दाको समयमा गरिएको खरिद प्रक्र...

मध्यरातमा प्रहरीको ‘स्वीप अपरेसन’ : गुन्डागर्दीमा संलग्न आरोपमा १७ जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यकामा बढ्दो गुन्डागर्दी र सर्वसाधारणमाथि हुने अवाञ्छित गतिविधि नियन्त्रण गर्न प्रहरीले विशेष ‘स्वीप अपरेसन’ सञ्चालन गरेको छ । काठमाडौँ अपराध अनुसन्धान कार्यालयको टोलीले गएराति उपत्यकाका विभिन्न स्थानमा छापा मार्दै कम्तीमा १...

सिरहामा गोली चल्यो : गोलबजारमा १ जनाको मृत्यु , ११ मोटरसाइकल खरानी !

काठमाडौँ । सिरहाको गोलबजारमा गोली लागेर एकजनाको मृत्यु भएको छ । बिहीबार भएको प्रदर्शनमा गोली लागेर १९ वर्षीय गणेश यादवको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालले जानकारी दिए । उनको शव हालसम्म सडकमा नै छ...

मेयर सुवेदीमाथि हातपात गर्ने सिटौला पक्राउ

झापा । झापाको गौरादह नगरपालिकाका मेयर छत्रपति सुवेदीमाथि हातपात गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । गौरादह ५ राजपति चोक, चप्रामारी बस्ने ३४ वर्षीय भिष्म सिटौलाले आइतबार साँझ करिब ७ः३० बजे मादक पदार्थ सेवन गरेर मेयर सुवेदीको घरमै पुगेर गालीगल...

बाघ गणनाको लागि राखिएका ६० क्यामेरा चोरी

काठमाडौँ । चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्ज कम्प्लेक्समा बाघ गणनाका लागि जडान गरिएका ६० वटा क्यामेरा हराएका छन् । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरका अनुसार समस्याग्रस्त ८५ क्यामेरामध्ये ६० वटा हराएका छन् भने...

बैंकिङ कसूरमा गुण एयरलाइन्सका सञ्चालक राजेन्द्र शाक्य पक्राउ

काठमाडौँ । प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले गुण एयरलाइन्सका अध्यक्ष राजेन्द्र श्रेष्ठलाई पक्राउ गरेको छ। बैंकिङ कसूरमा शाक्य पक्राउ गरिएको हो । बुधबार उनलाई प्रहरीले ललितपुरको जावलाखेलबाट पक्राउ गरेको हो । उनीमाथि...