बार्सिलोनाका फ्यानलाई खुसीको खबर, ब्राजिलियन स्टार राफिन्हा २०३० सम्म बार्सिलोनामै रहने सहमति !
काठमाण्डौँ । स्पेनिस क्लब बार्सिलोना र ब्राजिलियन स्टार राफिन्हाबीच सन् २०३० सम्म सम्झौता लम्ब्याउने सहमति भएको छ । पछिल्लो समय उत्कृष्ट लयमा रहेका राफिन्हालाई क्लबले आफ्नो दीर्घकालीन योजनाको महत्वपूर्ण खेलाडीका रूपमा राख्ने निर्णय गरेको हो ।
राफिन्हाको हालको सम्झौता सन् २०२८ सम्म रहेको छ। तर बार्सिलोना व्यवस्थापन र खेलाडी पक्षबीच भएको पछिल्लो छलफलपछि उनको बसाइ थप दुई वर्ष लम्ब्याएर २०३० सम्म पुर्याउने सहमति बनेको बताइएको छ। औपचारिक कागजी प्रक्रिया पूरा भएपछि क्लबले नयाँ सम्झौताबारे घोषणा गर्ने अपेक्षा गरिएको छ ।
सन् २०२२ मा बार्सिलोना आएका राफिन्हाले पछिल्ला सिजनमा टोलीका लागि महत्वपूर्ण भूमिका खेल्दै आएका छन्। गोलसँगै असिस्टमा पनि प्रभावशाली प्रदर्शन गरेका उनले क्लबको आक्रमणलाई बलियो बनाएका छन्। यही प्रदर्शनका कारण बार्सिलोनाले उनलाई अझ लामो समय क्लबमै राख्ने योजना अघि बढाएको हो।
नयाँ सम्झौता औपचारिक रूपमा पूरा भएपछि राफिन्हा सन् २०३० सम्म बार्सिलोनामै रहने बाटो खुल्नेछ। यससँगै उनी क्लबको भविष्यको योजनामा पनि प्रमुख खेलाडीका रूपमा रहने देखिएको छ।
एक्सप्रेस
सम्बन्धित खबर
आज दुई खेल- जनकपुर र विराटनगर, सुदूरपश्चिम र कर्णाली भिड्दै
काठमाडौँ । यहाँ जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएल क्रिकेटमा आज दुई खेल हुनेछन् । पहिलो खेलमा बिहान पौने १२ बजे साविक विजेता जनकपुर बोल्ट्स र विराटनगर किङ्स तथा दोस्रो खेलमा अपरान्ह ४ बजे साविक उपविजेता सु...
दुईपटकको विश्व विजेता वेस्ट इन्डिजसँग भिड्दै नेपाल, सुपर एट सम्भावना बचाउने चुनौती
काठमाण्डौँ । आईसीसी टी-२० विश्वकपअन्तर्गत आज आइतबार समूह चरणको आफ्नो तेस्रो खेलमा नेपाल दुईपटक विश्वकप जितेको वेस्ट इन्डिजसँग भिड्दै छ । भारतको मुम्बईस्थित वानखेडे रगंशालामा हुने खेल नेपाली समयअनुसार बिहान सवा ११ बजे सुरु हुनेछ । यसअघिका २ खेलमा ल...
एनपीएल : आज विराटनगर किंग्स र चितवन राइनोज भिड्दै
काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत आज विराटनगर किंग्स र चितवन राइनोज भिड्दैछन् । बुधबार दिउँसो ४ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुने खेलमा आज विराटनगर किंग्स र चितवन राइनोज प्रतिस...
फ्रान्सलाई ४-६ ले पराजित गर्दै इंग्ल्यान्ड बन्यो तेस्रो
काठमाण्डौँ । फिफा विश्वकप-२०२६ अन्तर्गत तेस्रो स्थानको लागि भएको खेलमा फ्रान्सलाई पराजित गर्दै इंग्ल्यान्ड विजयी भएको छ । अमेरिकाको मियामी स्टेडियममा भर्खरै सकिएको खेलमा इंग्ल्यान्डले ६ र फ्रान्सले ४ गोल गरेका छन् ।
पहिलो हाफमा ४-० ले...
एनपीएल : आज चितवन र जनकपुर, पोखरा र कर्णाली भिड्दै
काठमाडौँ । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत आज दुई खेल हुँदैछन् । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रंगशाला कीर्तिपुरमा बिहान ११ः४५ बजे हुने पहिलो खेलमा साविक विजेता जनकपुर...
यी हुन् भारत र श्रीलंकामा आयोजना हुने टी-२० विश्वकप २०२६ खेल्ने २० टिम
काठमाडौँ । सन् २०२६ मा भारत र श्रीलंकामा आयोजना हुने आईसीसी टी-२० विश्वकप क्रिकेट खेल्ने सबै २० टिमको टुङ्गो लागेको छ । ओमानमा भइरहेको आईसीसी टी२० विश्वकप एसिया-इएपी छनोटबाट नेपाल, ओमान र युएईले विश्वकपमा स्थान बनाएपछि सबै २० टोलीको निर्णय भएको हो...



