सुनको मूल्यमा सामान्य गिरावट, चाँदीमा निरन्तर नयाँ रेकर्ड बन्दै
काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्य घट्दा चाँदीको मूल्य भने हालसम्मकै उच्च मूल्यमा कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेर २ लाख ५८ हजार ३०० रुपैयाँ कायम भएको छ । यसअघि शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ५८ हजार ४०० रुपैयाँमा कारोबार भएको छ ।
यस्तै,आज चाँदीको मूल्य भने तोलामा १०० रुपैयाँले बढेर हालसम्मकै उच्च मूल्यमा पुगेको हो । शुक्रबार प्रतितोला ४ हजार ५ रुपैयाँका कारोबार भएको चाँदी आइतबार तोलामा ४ हजार १ सय ५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
विदेशी मुद्राको विनिमयदर : अमेरिकी डलरको बिक्रीदर १५२ रुपैयाँ ३१ पैसा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको नयाँ विनिमयदर सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले निर्धारण गरेको दर अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ७१ पैसा र बिक्रीदर १५२ रुपैयाँ ३१ पैसा कायम भएको छ ।
यस्तै, युरोपियन यु...
सुनचाँदीको मूल्यमा भारी गिरावट, आज कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा ९ हजार ५०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवासायी महासंघका अनुसार बिहीबार छापावाल सुन तोलामा २ लाख ९५ हजार २०० रुपैयाँ कायम भएको छ । बुधबार सो सुनको प्रतितोला ३ लाख ४ हजार...
बाजुराको अर्गानिक स्याउ बिक्रीबाट एक करोड बढी आम्दानी
बाजुरा । बाजुरामा उत्पादित अर्गानिक स्याउ बिक्रीबाट एक करोड बढी आम्दानी भएको छ। यहाँका स्याउ कृषकले स्याउ बिक्री गरेर एक करोड ५० लाख बराबरको आम्दानी गरेका हुन् । बाजुराको स्वामिकार्तिक, हिमाली, जगन्नाथ र बुढिनन्दामा उत...
बर्दियामा सहकारी द्वारा समर्थन मूल्यमै धान खरिद, किसानलाई राहत
बर्दिया । किसानहरूलाई धानको उचित मुल्य उपलब्ध गराउन सरकारले समय मै धानको न्यूनतम समर्थन मुल्य तोकेको थियो । धानको न्यूनतम समर्थन मुल्य तोकेपनि किसानले भने धानको मुल्य पाउन सकेका थिएनन् । बर्दियाका स्थानीय व्यापारीले कि...
एनआरएनएले ट्राफिक कन्ट्रोल रुम निर्माणपछि करिब तीन करोडको मेसिन खरिद गरिदिने
काठमाडौँ । गैरआवासीय नेपाली संघ एनआरएनएले भदौ २३ र २४ गते जेन जी आन्दोलनका क्रममा ध्वस्त भएको सिंहदरबार बग्गी खानास्थित ट्राफिक कन्ट्रोल रुमको पुनर्निर्माणलाई तिब्रता दिएको छ ।
देशका सबै जिल्लाको ट्राफिक व्यवस्थापन गर्ने क...
खाना पकाउने ग्यासको आपूर्ति केही दिनभित्रै सहज हुने, सञ्चय नगर्न मन्त्रालयको आग्रह
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा खाना पकाउने एलपी ग्यासको आपूर्ति केही दिनभित्रै सहज हुने जनाएको छ। मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीद्वारा मंगलबार जारी विज्ञप्तिमा अघिल्ला वर्षको यही अवधिको तुलनामा हाल नियमित माग धा...



