मङ्गलबार, १० कात्तिक २०८३
नेपाली

सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो

Main News Image

काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेर प्रतितोला ३ लाख ६ हजार ५०० रुपैयाँ कायम भएको हो । यसअघि बुधबार छापावाल सुन प्रतितोला ३ लाख ६ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।


यस्तै, आज चाँदीको मूल्य भने तोलामा ५० रुपैयाँले बढेको छ । बिहीबार चाँदीको मूल्य तोलामा ५ हजार ३४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । द

mediabaaji add

सम्बन्धित खबर

सुनको मूल्यमा अप्रत्यासित बृद्धि, हालसम्मकै रेकर्ड तोड्दा एकै दिन तोलामा २० हजार बढ्यो

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । आज सुन तोलामा २० हजार पाँच सय रुपैयाँले बढेर तीन लाख ३९ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार सुन प्...

बाढीले रसुवागढी नाका ठप्प भएपछि तातोपानी र हिल्साबाट सुरु भयो यात्रुको आउजाउ

काठमाडौँ । गत भाद्र १० गते आएको भीषण बाढीका कारण रसुवागढी नाकास्थित अध्यागमन कार्यालय लगायतका पूर्वाधारमा क्षति पुगेपछि चीनसँगको यात्रु आवागमनका लागि तातोपानी र हिल्सा नाकालाई वैकल्पिक मार्गका रूपमा प्रयोग गर्न थालिएको छ ।

रसुवागढी नाका बन्द...

चैत महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक, कुन बैंकको ब्याजदर कति ?

काठमाडौँ । वाणिज्य बैंकहरूले चैत महिनाका लागि लागू हुने नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । सार्वजनिक दरअनुसार व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम औसत ब्याजदर फागुनको तुलनामा केही घटेको देखिएको छ । फागुन महिनामा ४.५६ प्रतिशत रहेको व्यक्तिगत मुद्दति...

हिमालयन बैंकको १२ लाख ८२ हजार कित्ता सेयर बिक्रीमा

काठमाडौँ । हिमालयन बैंकको १२ लाख ८२ हजार भन्दा बढी कित्ता सेयर बिक्रीमा राखिएको छ । बैंकको संस्थापक समूहको १२ लाख ८२ हजार ५८८ कित्ता सेयर बिक्रीमा राखिएको हो । हाललाई यो सेयरमा बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।...

बुधबार कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ९७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ५७ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ ५७ प...

खसीको मासुमा मनपरी भाउ बढाएपछि सरकारको चासो, अधिकतम मूल्यको सीमा तोक्ने तयारी

काठमाडौँ । बजारमा खसीको मासुको भाउ अचाक्ली बढाएपछि सरकारले मूल्यको सीमा तोक्ने तयारी थालेको छ । पछिल्लो केही समयदेखि काठमाडौँमा खसीको मासुको मूल्य प्रतिकिलो १ हजार ६ सय रुपैयाँसम्म पुर्याइएको र व्यापारीहरूले अभावको कृत्रिम बहाना बनाएको जनगुनासो आए...