बुधबार, ११ कात्तिक २०८३
नेपाली

एकीकृत समाजवादीको संयोजकमा घनश्याम भुसाल, मंसिरको पहिलो हप्ता राष्ट्रिय भेला

Main News Image

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले संयोजकको जिम्मेवारी घनश्याम भूसाललाई दिएको छ । शनिबार एकीकृत समाजवादीका ६७ केन्द्रीय सदस्यहरूले गरेको भर्चुअल बैठकले भूसाललाई संयोजक तोकेको एक नेताले बताए । बैठकले मंसिर पहिलो साता राष्ट्रिय भेलाको समेत आयोजना गर्ने निर्णय गरेको छ । बैठकले पार्टीको नाम, झण्डा र चुनाव चिह्नलाई यथावत राख्ने निर्णय गरेको छ ।

पार्टी अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाललगायत बहुमत पक्ष माओवादी केन्द्रसँग पार्टी एकता गरिसकेका छन् भने रामकुकारी झाँक्री, किसान श्रेष्ठलगायतले एमालेमा फर्कने घोषणा गरेका छन् । एकता विवादको भुमरीमा फसेको समाजवादीमा पुनर्गठन पक्षधरले पार्टी पुनर्गठन गर्ने निष्कर्षसहित भुसाललाई नेतृत्व चयन गरेको हो । भूसालले गत शुक्रबार नेकपा माओवादी केन्द्रका तत्कालीन नेता जनार्दन शर्मा र नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवसँग सहकार्य गर्ने सहमति जनाएका थिए ।

 

mediabaaji add

सम्बन्धित खबर

समानुपातिक सांसदलाई प्रमाणपत्र प्रदान गरिँदै

काठमाडौँ । निर्वाचन आयोगले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको निर्वाचन परिणामसहितको समग्र प्रतिवेदन आज राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष बुझाउने भएको छ । आयोगले आज बिहान साढे ११ बजे समानुपातिकबाट निर्वाचित सांसदलाई प्रमाणपत्र दिएप...

रास्वपा उम्मेदवारको गाडीको ठक्करले बालकको मृत्यु

काठमाडौँ । रौतहटमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उम्मेदवार सगिर आलम सवार गाडीको ठक्करबाट बालकको मृत्यु भएको छ । बालकको उमेर ६ वर्षजति भएको अनुमान गरिएको छ । आलम रौतहट–२ बाट उम्मेदवार छन् । 

दुर्घटनापछि रास्वपा उम्मेदवार आलम र गाड...

उज्यालो नेपालसहित तीन पार्टीबिच एकताको तयारी

काठमाडौँ । कुलमान घिसिङको साथ रहेको भनिएको उज्यालो नेपाल पार्टीसहित तीन पार्टी एकीकरणबारेको गृहकार्यमा जुटेका छन् । उज्यालो नेपाल, नागरिक उन्मुक्ति पार्टी र हाम्रो पार्टी नेपाल एकता गर्नेगरी छलफलमा जुटेका हुन् । नागरिक...