जेनजी आन्दोलन प्रतिवेदन: २३ गतेको गोलीकाण्डमा सुरक्षा संयन्त्र कठघरामा, २४ गतेको घटनामा आयोग मौनजस्तै
काठमाडौँ । भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनको छानबिन गर्न बनेको गौरि बहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन मुख्यतः भदौ २३ मा नयाँबानेश्वर क्षेत्रमा भएको झडप र गोलीकाण्डतिरै केन्द्रित देखिएको छ। आइतबार प्रधानमन्त्री सुशिला कार्कीलाई बुझाइएको प्रतिवेदनमा सो दिनको सुरक्षा रणनीति, प्रहरी परिचालन र गोली चल्ने अवस्थासम्मका घटनाक्रम विस्तारमा उल्लेख गरिएको स्रोतले जनाएको छ।
प्रतिवेदनमा प्रदर्शन नियन्त्रणका क्रममा सुरक्षा संयन्त्रले सामान्य सावधानीसमेत नअपनाएको निष्कर्ष निकालिएको बताइएको छ। प्रदर्शनकारी संसद् परिसर पुगेर तोडफोड गर्न थालेपछि भिड नियन्त्रणका अन्य उपाय खोज्नुको सट्टा सिधै गोली प्रहार भएको भन्दै त्यसलाई गम्भीर सुरक्षा चुकका रूपमा औंल्याइएको छ। यस क्रममा तत्कालीन प्रधानमन्त्री केपि ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक लगायत केन्द्रीय तथा जिल्ला सुरक्षा संरचनामा रहेका पदाधिकारीहरूको भूमिकामाथि प्रश्न उठाइएको छ, यद्यपि राजनीतिक जिम्मेवारीबारे प्रतिवेदनमा स्पष्ट प्रमाणभन्दा व्याख्यात्मक टिप्पणी बढी रहेको बताइएको छ ।
उता भदौ २४ मा राजधानीका विभिन्न स्थानमा भएका आगजनी, तोडफोड, लुटपाट तथा जेलब्रेकजस्ता घटनाबारे भने प्रतिवेदन अपेक्षाकृत अस्पष्ट रहेको स्रोतको दाबी छ। ती घटनामा के कारणले अवस्था भड्कियो, योजनाबद्ध थियो कि आकस्मिक भन्ने विषयमा आयोगले ठोस निष्कर्ष निकाल्न सकेको छैन र केही विषयमा थप अनुसन्धान आवश्यक रहेको संकेत मात्रै गरेको बताइएको छ।
एक्सप्रेस
सम्बन्धित खबर
प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्माविरुद्ध संसदीय सुनुवाइ समितिमा ७ उजुरी
काठमाडौँ । प्रस्तावित प्रधानन्यायाधीश डा मनोज शर्माविरुद्ध संसदीय सुनुवाइ समितिमा ७ वटा उजुरी दर्ता भएका छन् । सङ्घीय संसद् सचिवालयका प्रवक्ता एवं सहसचिव एकराम गिरीका अनुसार शनिबार साँझसम्म प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध ती उजुरीहरू परेका...
योगेश भट्टराई भन्छन्_एमालेले संसद पुनःस्थापना र निर्वाचनलाई एकसाथ उपयोग गर्छ
ताप्लेजुङ । नेकपा एमालेका उपमहासचिव योगेशकुमार भट्टराईले संसद पुनःस्थापना सहितका संवैधानिक प्रकृयाका बिषयको मुद्दाको छिटो निरुपण जरुरी भएको बताएका छन् । संवैधानिक बिषयको निरुपण नहुँदा थप संवैधानिक जटिलता उत्पन्न हुनसक्ने भन्दै उनले सर्वोच्च अदालतल...
सेलिब्रेटीहरूले रास्वपाको समानुपातिक सूचीबाट नाम फिर्ता लिँदै, केही प्रत्यक्ष चुनाब लड्ने
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट समानुपातिक सूचीमा समावेश सेलिब्रेटीहरूले आफ्नो नाम फिर्ता लिन थालेका छन् । गायिका त्रिशाला गुरुङ र अभिनेता तथा निर्माना आसिफ शाहले आफ्नो नाम फिर्ता लिएको घोषणा गरेका हुन् ।
गुरुङले नाम फिर्ता ल...
६ सरकारी कागजातका आधारमा मतदान गर्न पाइने
काठमाडौँ । निर्वाचन आयोगले सरकारी कागजातमध्ये कुनै एक भए मतदान गर्न पाइने जनाएको छ । आयोगले मतदाता परिचयपत्र नभए पनि ६ प्रकारका सरकारी कागजातमध्ये कुनै एक प्रस्तुत गरे मतदान गर्न सकिने स्पष्ट पारेको हो । आयोगका अनुसार मतदान गर्न मतदाता नामावलीमा न...
बागमती प्रदेशसभाको वर्षे अधिवेशन आजदेखि सुरु हुँदै, बजेट र नीति तथा कार्यक्रममा केन्द्रित हुने
काठमाडौँ । बागमती प्रदेशसभाको वर्षे अधिवेशन आजदेखि सुरु हुँदैछ । सोमबार दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्रीसहित प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दलका संसदीय दलका नेताहरूले समसामयिक विषयमा आफ्नो धारणा राख्ने कार्यसूची रहेको छ ।
निर्वाचन सुरक्षामा कडाइ गर्न प्रधानमन्त्री कार्कीको निर्देशन
काठमाडौँ । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले मुलुकभर निर्वाचनको लागि सुरक्षा व्यवस्था चुस्त बनाउन निर्देशन दिएकी छन् । सुनसरीमा कोशी प्रदेशको वस्तुस्थितिबारे जानकारी लिँदै उनले यस्तो निर्देशन दिएकी हुन् । निर्वाचनको माहोल उत्साहजनक रहे...



