शनिबार, १४ कात्तिक २०८३
नेपाली

जेनजी आन्दोलन प्रतिवेदन: २३ गतेको गोलीकाण्डमा सुरक्षा संयन्त्र कठघरामा, २४ गतेको घटनामा आयोग मौनजस्तै

Main News Image

काठमाडौँ । भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनको छानबिन गर्न बनेको गौरि बहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन मुख्यतः भदौ २३ मा नयाँबानेश्वर क्षेत्रमा भएको झडप र गोलीकाण्डतिरै केन्द्रित देखिएको छ। आइतबार प्रधानमन्त्री सुशिला कार्कीलाई बुझाइएको प्रतिवेदनमा सो दिनको सुरक्षा रणनीति, प्रहरी परिचालन र गोली चल्ने अवस्थासम्मका घटनाक्रम विस्तारमा उल्लेख गरिएको स्रोतले जनाएको छ।

प्रतिवेदनमा प्रदर्शन नियन्त्रणका क्रममा सुरक्षा संयन्त्रले सामान्य सावधानीसमेत नअपनाएको निष्कर्ष निकालिएको बताइएको छ। प्रदर्शनकारी संसद् परिसर पुगेर तोडफोड गर्न थालेपछि भिड नियन्त्रणका अन्य उपाय खोज्नुको सट्टा सिधै गोली प्रहार भएको भन्दै त्यसलाई गम्भीर सुरक्षा चुकका रूपमा औंल्याइएको छ। यस क्रममा तत्कालीन प्रधानमन्त्री केपि ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक लगायत केन्द्रीय तथा जिल्ला सुरक्षा संरचनामा रहेका पदाधिकारीहरूको भूमिकामाथि प्रश्न उठाइएको छ, यद्यपि राजनीतिक जिम्मेवारीबारे प्रतिवेदनमा स्पष्ट प्रमाणभन्दा व्याख्यात्मक टिप्पणी बढी रहेको बताइएको छ ।

उता भदौ २४ मा राजधानीका विभिन्न स्थानमा भएका आगजनी, तोडफोड, लुटपाट तथा जेलब्रेकजस्ता घटनाबारे भने प्रतिवेदन अपेक्षाकृत अस्पष्ट रहेको स्रोतको दाबी छ। ती घटनामा के कारणले अवस्था भड्कियो, योजनाबद्ध थियो कि आकस्मिक भन्ने विषयमा आयोगले ठोस निष्कर्ष निकाल्न सकेको छैन र केही विषयमा थप अनुसन्धान आवश्यक रहेको संकेत मात्रै गरेको बताइएको छ।

mediabaaji add

सम्बन्धित खबर

चैत २७ मा उपसभामुखको निर्वाचन हुने

काठमाडौँ । प्रतिनिधिसभाको उपसभामुख पदका लागि यही चैत २७ गते निर्वाचन हुने भएको छ । बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले उक्त मिति औपचारिक रूपमा घोषणा गरेका हुन् ।

सभामुख अर्याल भने चैत २२ गते सम्पन्न निर्वाचनबाट निर्व...

बागमती प्रदेश सरकारले जीप खरिद प्रक्रिया अघि बढाएपछि आलोचना

हेटौंडा । मुलुक गम्भीर आर्थिक सङ्कट, सुस्त विकास निर्माण र राजनीतिक अस्थिरताबाट गुज्रिरहेको बेलामा बागमती प्रदेश सरकारले करिब एक करोड रुपैयाँ लागतको नयाँ ‘राइट ह्यान्ड ड्राइभ जीप’ खरिद प्रक्रिया अघि बढाएपछि...

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश

काठमाडौँ । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ गर्ने सरकारको प्रयास तत्कालका लागि असफल भएको छ । सरकारले जारी गरेको पक्राउ पुर्जीविरुद्ध दायर गरिएको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीशद्वय महेश शर्मा पौडेल र नित्या...

कानुनी वातावरणबिना विकास सम्भव छैन : मन्त्री गौतम

रामेछाप । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोभिता गौतमले कानुनी जटिलताका कारण विगतदेखि विकास निर्माणका काम प्रभावित हुँदै आएको बताउँदै वर्तमान सरकारले कानुन निर्माणलाई पहिलो प्राथमिकतामा राखेर आवश्यक सुधार अघि बढाएको बताएकी छिन् ।

आइतबा...

नेपाली कम्युनिस्ट पार्टी र जनता समाजवादीबीच एकता वार्ता

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी जसपा बीच शनिबार एकता वार्ता सम्पन्न भएको छ। वार्ता तत्कालीन नेकपा माओवादी केन्द्रको पेरिसडाँडा कार्यालयमा भएको हो । 

अख्तियारलाई ५ घण्टामात्रै होइन, आवश्यक परे ५ वर्ष राखेर सरसल्लाह गरिन्छ : प्रधानमन्त्री

चितवन । प्रधानमन्त्री बालेन्द्र शाहले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीहरूलाई आवश्यक परेमा पाँचै वर्षसम्म पनि सोधपुछ र सरसल्लाह लिने बताएका छन्। आइतबार राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको प्रथम महाधिवेशनमा बोल्दै उनले पछिल्लो समय अख्ति...