क्रान्तिकारी आन्दोलनको उत्तराधिकारी हुन् जेनजी : प्रचण्ड
काठमाडौँ । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पटक पटक संसद विघटनमा भूमिका खेल्नेले अहिले पुनः स्थापनाको कुरा गर्नु हास्यास्पद भएको टिप्पणी गरेका छन् । शनिबार पेरिसडाँडास्थित पार्टी कार्यालयमा अखिल नेपाल ट्रेड युनियन महासङ्घद्वारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले संसद पुनः स्थापनाको माग वर्तमान राजनीतिक सन्दर्भमा हास्यास्पद रहेको बताएका हुन् ।
उनले आउँदो माघ २१ गते तय भएको निर्वाचन संविधानसम्मत र लोकतान्त्रिक अभ्यासको निरन्तरता भएको उल्लेख गर्दै त्यसलाई रोक्ने प्रयास राष्ट्रका लागि घातक हुने बताए । निर्वाचन नहुने हो भने देश फेरि अराजकतामा जाने खतरा छ,उनले भने । प्रचण्डले सबैले राष्ट्रिय सहमतिका साथ चुनाव सम्पन्न गराउनु जरुरी रहेको जिकिर गरे । उनले सरकार निर्वाचन गर्न गम्भीर रहेको विश्वास आफूलाई रहेको बताए । प्रचण्डले वर्तमान संविधान केही हदसम्म ट्रयाकबाट चिप्लिएको उल्लेख गर्दै त्यसलाई ट्रयाकमा ल्याउने उपाय भनेकै संविधान संशोधन भएको बताए ।
एक्सप्रेस
सम्बन्धित खबर
सुनसरी गोलीकाण्डको नैतिक तथा राजनीतिक जिम्मेवारी गृहमन्त्री गुरुङले लिनुपर्छ : रवि किरण हमाल
काठमाण्डौँ । जेनजी आन्दोलनका नेता रवि किरण हमालले सुनसरीमा भएको गोलीकाण्डको पूर्ण नैतिक तथा राजनीतिक जिम्मेवारी गृहमन्त्री गुरुङले स्वीकार गर्दै तत्काल पदबाट राजीनामा दिनुपर्ने बताएका छन् । पवित्र श्रावण सोमबारका अवसरमा स्नानका लागि गइरहेका युवा ओ...
सेलिब्रेटीहरूले रास्वपाको समानुपातिक सूचीबाट नाम फिर्ता लिँदै, केही प्रत्यक्ष चुनाब लड्ने
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट समानुपातिक सूचीमा समावेश सेलिब्रेटीहरूले आफ्नो नाम फिर्ता लिन थालेका छन् । गायिका त्रिशाला गुरुङ र अभिनेता तथा निर्माना आसिफ शाहले आफ्नो नाम फिर्ता लिएको घोषणा गरेका हुन् ।
गुरुङले नाम फिर्ता ल...
स्वास्थ्य बिमा समस्या समाधानको प्रयासमा प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले स्वास्थ्य बिमा समस्या समाधानका प्रयास प्रारम्भ गरेकी छन् । यसै क्रममा सरोकार भएका पक्षसँग छलफल गर्न उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज अपराह्न बैठक आह्वान गरेको प्रधानमन्त्री तथा मन्त्रिपर...



