बिहिबार, १२ कात्तिक २०८३
नेपाली

मन्त्री हुँदा जेनजी घटना भयो, नैतिक जिम्मेवारी लिँदै उम्मेदवार बन्दिनँ : पूर्वमन्त्री पाण्डे

Main News Image

काठमाडौँ । नेपाली काँग्रेसका सहमहामन्त्री बद्री पाण्डेले आगामी प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् । बाजुरामा जारी उम्मेदवार सिफारिस प्रक्रियामा सहभागी रहँदै पाण्डेले पार्टीलाई बलियो बनाउन अन्य जिम्मेवारीबाट नेतृत्व गर्ने भन्दै चुनाव नलड्ने बताएका हुन् । उनले उम्मेदवार सिफारिस प्रक्रियामै पनि नबस्ने र चुनाव लड्न अरूलाई अवसर दिने स्पष्ट पारेका छन् ।

२०७९ को चुनावमा बाजुराबाट एमाले नेता कर्ण थापालाई पराजित गरेका पाण्डे जेनजी आन्दोलनपछि अपदस्त भएको केपी ओली नेतृत्वको सरकारले उनलाई पर्यटन मन्त्री बनाएको थियो । पाण्डेका अनुसार आफू मन्त्री भएकै बेला देशमा ठूलो घटना भएकाले त्यसप्रति नैतिक जिम्मेवारी लिँदै यसपटक चुनाव नलड्ने निर्णय गरिएको हो ।

उनले भने, आन्दोलनरत युवाहरूका माग समयमै सम्बोधन गर्न नसकिएको अनुभूति छ । अन्तर्क्रियामा प्रत्यक्ष भूमिका नहुन पनि मन्त्रीपरिषद् सदस्यका रूपमा नैतिक जिम्मेवारी मेरो पनि हुन्छ ।

mediabaaji add

सम्बन्धित खबर

एक महिनाभित्र नागरिकको सन्तुष्टि अभिवृद्धि गर्ने सरकारको प्रयास, यस्तो ल्यायो कार्ययोजना

काठमाडौँ । सरकारले सार्वजनिक सेवा प्रवाहलाई छिटो, छरितो र पारदर्शी बनाई एक महिनाभित्र नागरिकको सन्तुष्टि अभिवृद्धि गर्न ‘सार्वजनिक सेवा तत्काल सुधार कार्ययोजना, २०८३’ ल्याएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले स्वीकृत गरेको यस कार्यय...

‘चुनावमा पैसाको चलखेलप्रति चनाखो बनौँ’ : प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले लोकतान्त्रिक निकासका लागि निर्वाचन एक मात्र विकल्प भएकाले समाजका सबै तह र तप्काबाट सहयोगको अपेक्षा गरेको बताएका छन् । चुनावमा पैसाको खेल हुन नदिन समुदायस्तरबाटै सबै चनाखो हुनुपर्ने उनको भनाइ छ ।

प्रधा...

एमाले केन्द्रीय कमिटी बैठक : ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मतिले पारित

काठमाडौं। नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकको तेस्रो दिन अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन सर्वसम्मतिले पारित भएको छ। ललितपुरको भनिमण्डलस्थित रामबाग भवनमा जारी बैठकमा अध्यक्ष ओलीले प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूल...

ओलीप्रति प्रचण्डको कटाक्ष : पटक–पटक संसद विघटन गर्नेले पुनर्स्थापना भनेर वितण्डा गर्दैछन्

काठमाडौँ । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डले संसद् पुनःस्थापनाको कुरा गर्नु हास्यास्पद भएको बताएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै उनले वितण्डाका लागि संसद पुनर्स्थापनाको कुरा...