मङ्गलबार, १० कात्तिक २०८३
नेपाली

पाँच वर्षभित्र नेपाललाई डिजिटल प्रविधिमा लैजाने गगन थापाको प्रतिबद्धता

Main News Image

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवम सर्लाही क्षेत्र नम्बर ४ का उम्मेदवार गगन थापाले अवको पाँच वर्षभित्र नेपाललाई डिजिटल प्रविधि लैजाने प्रतिबद्धता व्यक्त गरेका छन् । सोमबार सामाजिक संजालमार्फत एक भिडियो सार्वजनिक गर्दै सभापति थापाले अवको ५ वर्ष भित्रमा चार खर्ब आइटी तथा डिजिटल प्रविधिको निर्यात गर्न सकिने कुरा सम्भव रहेको समेत बताएका हुन् ।

‘अवको ५ वर्ष भित्रमा चार खर्ब आइटी तथा डिजिटल प्रविधिको निर्यात गर्न सकिने कुरा सम्भव रहेको छ। नेपालमै २ लाख भन्दा बढिलाई प्रयक्ष्य रोजगार दिन सकिने सकिन्छ,’ उनले भनेका छन् ।

उनले नेपालमै दुई लाख भन्दा बढिलाई प्रयक्ष रोजगार दिन सकिने बताए। कम्तीमा तीनदेखि पाँचवटा आईटी कम्पनी धितोपत्र बजारमा सूचीकृत हुन सक्ने अवस्था पाँच वर्षभित्र अहिलेको हाम्रो आधार भएकाले प्रयोग गर्यो भने सुधार हुने उनले बताए ।

mediabaaji add

सम्बन्धित खबर

कांग्रेस महाधिवेशनमा उम्मेदवारहरुले तडकभडक र भड्किलो प्रचारप्रसार गर्न नपाउने

काठमाडौँ । यही असोज १८ गतेदेखि काठमाडौंमा सुरु हुन लागेको नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा प्रचारप्रसारलाई निरुत्साहित गरिएको छ। केन्द्रीय निर्वाचन समितिले नयाँ आचारसंहिता लागु गरेको हो ।

हालै भोटेकोशीलगायत देशका विभिन्न भू–भागमा आएको विन...

उजुरी छानबिन गरी आज उम्मेदवारको नामावली प्रकाशन गरिने

काठमाण्डौँ । प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारको नामावली आज प्रकाशन गरिनेछ । निर्वाचन आयोगका अनुसार उम्मेदवारी पत्र र उजुरी उपर जाँचबुझ एवम् आवश्यक निर्णय गरी आज साँझ ५ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिने भएको हो ।

य...

निर्वाचित सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्नु सरकारको प्रमुख दायित्व : गृहमन्त्री अर्याल

पोखरा । गृहमन्त्री ओमप्रकाश अर्यालले निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ भएर लागेकोले सरकारको गठन नै निर्वाचन मार्फत निर्वाचित सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्ने उदेश्य अनुरुप अघि बढेको बताएका छन् । सोमब...