बुधबार, ११ कात्तिक २०८३
नेपाली

गगनले निर्वाचन आयोगमा बुझाए नयाँ कार्यसमिति गठनबारे विवरण

Main News Image

काठमाण्डौँ । विशेष महाधिवेशनबाट गठन भएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिबारे सभापति गगन थापाले निर्वाचन आयोगमा विवरण बुझाएका छन् । 

बिहीबार निर्वाचन आयोग पुगेर थापाले कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई अध्यावधिक गर्न विवरण बुझाएका हुन् । निर्वाचन ऐनअनुसार, नयाँ नेतृत्व चयनबारे आयोगलाई जानकारी गराएको थापाले बताए। 

केही दिनभित्रै आयोगले अध्यावधिक गर्ने विश्वास लिएको उनको भनाइ थियो । माघ ६ गते प्रतिनिधि सभा सदस्यको उम्मेदवारी दर्ताको समय रहेको उल्लेख गर्दै थापाले भने, ‘निर्वाचन आयोगले अध्यावधिक गर्छ भन्ने कुरामा सम्पूर्ण विश्वास छ ।

mediabaaji add

सम्बन्धित खबर

ओलीलाई फौजदारी अपराधको कसूरमा मुद्दा चलाउन सिफारिस

काठमाडौँ । भदौ २३ र २४ गतेका घटनाको जाँचबुझ गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई फौजदारी कसूरको अभियोग लगाएर मुद्दा चलाउन सिफारिस गरेको छ । स्रोतका अनुसार आज प्रधानमन्त्रीलाई बुझाइएको जाँचबुझ प्रतिव...

उज्यालो नेपाल पार्टीको ९ सदस्यीय सचिवालय गठन

काठमाडौँ । उज्यालो नेपाल पार्टीले सचिवालय गठन गरेको छ । शुक्रबार मध्यरातसम्म बसेको बैठकले अध्यक्ष कुलमान घिसिङको नेतृत्वमा सचिवालय टुंग्याएको हो । पार्टीको विधानअनुसार १५ सदस्यीय पदाधिकारी रहने व्यवस्था भए पनि हाल ९ जनाको मात्र चयन गरिएको छ । विधा...

निर्वाचनमा भ्रामक विज्ञापन र डीपफेक प्रयोग नगर्न विज्ञापन बोर्डको आग्रह

काठमाडौँ । प्रतिनिधि सभा सदस्य पदका लागि यही फागुन २१ गते हुन गइरहेको निर्वाचनलाई स्वच्छ, मर्यादित र विश्वसनीय बनाउन सबै राजनीतिक दल, उम्मेदवार तथा समर्थकहरूको साझा दायित्व रहेको विज्ञापन बोर्डले जनाएको छ ।

बोर्डले बिहीबार जारी गरेको प्रेस व...