सोमबार, ०९ कात्तिक २०८३
नेपाली

कृष्णभिरमा सडक भासिएपछि त्रिभुवन राजपथबाट इन्धन आपूर्ति

Main News Image

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीर खण्डमा सडक अवरुद्ध भएपछि नेपाल आयल निगमले वैकल्पिक मार्ग त्रिभुवन राजपथ ९बाइरोड० मार्फत काठमाडौँ उपत्यका तथा आसपासका क्षेत्रमा पेट्रोलियम पदार्थ र एलपी ग्यासको आपूर्ति निरन्तर गराइरहेको छ ।

गत भदौ १४ गते त्रिशूली नदीको कटानका कारण पृथ्वी राजमार्ग भत्किँदा इन्धन बोकेका ट्यांकर तथा ग्यास बुलेटहरू बाटोमै रोकिएका थिए। उपत्यकामा इन्धनको अभाव हुन नदिन निगमले तराईका उद्योगहरूबाट भरिएका ग्यास सिलिन्डर त्रिभुवन राजपथ हुँदै भित्र्याउन थालेको हो ।

निगमका अनुसार भदौ १८ गते २४ हजार ५०० र भदौ १९ गते ३४ हजार १३४ वटा ग्यास सिलिन्डर उपत्यका भित्र्याइएको छ। बजारमा आपूर्ति प्रणाली सहज राख्न सार्वजनिक बिदाका दिनमा समेत ग्यासको रिफिलिङ र ढुवानी निरन्तर जारी राख्न उद्योगहरूलाई निर्देशन दिइसकिएको छ ।

यसैबिच, गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायतका जिल्लामा पुगेको क्षतापछि जारी खोज तथा उद्धार कार्यका लागि पनि निगमले हवाई इन्धन र ग्यास उपलब्ध गराइरहेको छ।

mediabaaji add

सम्बन्धित खबर

बेतबाँसका सामग्री बेचेर मासिक ७० हजार आम्दानी गर्दै बाधुराम

धनगढी । धनगढी उपमहानगरपालिका-४ उत्तरबेहडीका बाधुराम चौधरीले व्यावसायिक रूपमा बेतबाँसका सामग्री बेचेर मासिक रु ७० हजार आम्दानी गर्दै आएका छन्। लामो समयदेखि उनले आफ्नो हस्तकला सीप प्रयोग गरी बेतका विभिन्न सामग्री निर्माण...

निरन्तर बढ्दै सुनको मूल्य, सोमबार प्रतितोला कति पुग्यो ?

काठमाडौँ । नेपाली बजारमा निरन्तर सुनको मूल्य उकालो लागि रहेको छ । आज मात्रै सुन तोलामा एक हजार ९०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ६० हजार ७०० रुपैयाँमा कारोबार भईर...