बुधबार, ११ कात्तिक २०८३
नेपाली

आजबाट सुकुम्वासीलाई खाना बन्द, होल्डिङ सेन्टर छाड्नुपर्ने

Main News Image

काठमाडौँ । उपत्यकाका नदीखोला किनारका सुकुम्बासीलाई उपलब्ध गराएको खाने व्यवस्था आज मंगलबारबाट रोकिएको छ । बागमती सभ्यता एकिकतृ विकास समितिले हिजो सम्मको बिल भर्पाइ पेस गर्दै अब उप्रान्त खाना र केही दिनपछि वासस्थानको व्यवस्था रोक्न लागेको हो । 

  विकास समितिका इन्जिनियर एवं सूचना अधिकारी टोपबहादुर बानियाँले आजबाट खाना र केही दिनपछि वासस्थानको व्यवस्था हटाउने बताउनुभयो ।  उहाँले भन्नुभयो–प्रति परिवार २५ हजारको दरल रकम लिएका दुईस्थानका सुमुम्वासीले वासस्थान छाडिसकेको जानकारी दिनुभयो । उहाँका अनुसार नगरकोट स्थित खानेपानी संस्थानको तालिम केन्द्रमा रहेका २१ र बोडे तालिम केन्द्रमा रहेका २४ गरी ४६ परिपारले व्यवस्थापन खर्चवापत २५ –२५ हजार रुपिया लिएर अस्थायी वासस्थान खाली गरिसकेका छन् । 


mediabaaji add

सम्बन्धित खबर

सहरलाई सुन्दर बनाउन सडक किनारामा गमलामा फूल रोप्दै महानगरपालिका

काठमाडौँ । काठमाडौँलाई सुन्दर बनाउन महानगरपालिकाले सडक किनारामा गमला राखेर फूल फुलाउन थालेको छ । पार्क तथा हरियाली प्रवर्धन आयोजनाले गौरव योजना मेरो रहर, सुन्दर र हरित सहर कार्यक्रम अन्तर्गत गमलामा फूल राख्न थालिएको हो ।

आयोजनाका इञ्जिनियर स...

मुक्तकमैयालाई जग्गा दिन अदालतको आदेश

काठमाण्डौँ । उच्च अदालत तुलसीपुरले मुक्तकमैया तथा भूमिहीन सुकुमवासीले प्राप्त गरेको जग्गाको अंशबण्डा, नामसारी, दर्ता तथा बसोबास व्यवस्थापनका सम्बन्धमा आदेश जारी गरेको छ ।  न्यायाधीशद्वय मदन पोखरेल र शकुन्तला घिमिरेको संयुक्त इजलासले भूमि प्रश...

निर्वाचन आयोगले न्यायाधीशहरूको नियुक्ति रोकिदियो

काठमाडौँ । न्यायपरिषदले ज्येष्ठताका आधारमा न्यायाधीश नियुक्त गर्नको लागि सहमति दिन निर्वाचन आयोगलाई पत्राचार गरेकोमा आयोगले परिषदको आग्रह अस्वीकार गरेको छ । आयोगले निर्वाचन आचारसंहिता लागू भएको भन्दै न्यायाधीशहरू नियुक्ति नगर्न न्याय परिषद्लाई पत्...

कोरिया पठाउन माग राख्दै ईपीएस शाखा कार्यालयमा प्रदर्शन

काठमाडौँ । वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया पठाउनुपर्ने माग राख्दै ललितपुर ग्वार्कोस्थित इपीएस कार्यालयमा प्रदर्शन गरिएको छ ।दुई वर्षअघि रोजगार अनुमति प्रणाली ईपीएस मार्फत भाषा परीक्षा पास गरेर रोस्टरमा रहेका युवाले कोरिया पठाउन ढिलाइ भएको भन्...

बीपी उद्यान क्षेत्रमा चल्यो डोजर !

पर्सा । पर्साको वीरगञ्जस्थित बीपी उद्यान क्षेत्रमा रहेको अस्थायी संरचनाहरूमा महानगरपालिकाले डोजर चलाएको छ । वीरगञ्ज महानगरपालिकाले आइतबार बिहानै वीरगञ्जको घण्टाघर नजिक रहेको सो क्षेत्रमा डोजर प्रयोग गरी खाली गराउने कार...

कप्तानगञ्ज झडपमा घाइते रवीन्द्रको काठमाडौंमा उपचारका क्रममा निधन, मृतकको संख्या ३ पुग्यो

काठमाडौँ । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्जमा भएको हिंसात्मक झडपका क्रममा गोली लागेर गम्भीर घाइते भएका २२ वर्षीय रवीन्द्र मेहताको उपचारका क्रममा निधन भएको छ। घटनालगत्तै थप उपचारका लागि काठमाडौँ ल्याइएका उनको महाराजगञ्जस्थित त्रिभुव...