आजबाट सुकुम्वासीलाई खाना बन्द, होल्डिङ सेन्टर छाड्नुपर्ने
काठमाडौँ । उपत्यकाका नदीखोला किनारका सुकुम्बासीलाई उपलब्ध गराएको खाने व्यवस्था आज मंगलबारबाट रोकिएको छ । बागमती सभ्यता एकिकतृ विकास समितिले हिजो सम्मको बिल भर्पाइ पेस गर्दै अब उप्रान्त खाना र केही दिनपछि वासस्थानको व्यवस्था रोक्न लागेको हो ।
विकास समितिका इन्जिनियर एवं सूचना अधिकारी टोपबहादुर बानियाँले आजबाट खाना र केही दिनपछि वासस्थानको व्यवस्था हटाउने बताउनुभयो । उहाँले भन्नुभयो–प्रति परिवार २५ हजारको दरल रकम लिएका दुईस्थानका सुमुम्वासीले वासस्थान छाडिसकेको जानकारी दिनुभयो । उहाँका अनुसार नगरकोट स्थित खानेपानी संस्थानको तालिम केन्द्रमा रहेका २१ र बोडे तालिम केन्द्रमा रहेका २४ गरी ४६ परिपारले व्यवस्थापन खर्चवापत २५ –२५ हजार रुपिया लिएर अस्थायी वासस्थान खाली गरिसकेका छन् ।
एक्सप्रेस
सम्बन्धित खबर
उत्तरी गोरखामा हिमपात हुँदा मनास्लु क्षेत्र भ्रमणमा गएका पर्यटक प्रभावित
गोरखा । उत्तरी गोरखाका विभिन्न गाउँमा हिमपात भएको छ । चुमनुब्री गाउँपालिकाका विभिन्न गाउँबस्तीमा गए रातिदेखि हिमपात भइरहेको त्यहाँका स्थानीयले जनाएका छन् । हिमपात भएपछि जनजीवन प्रभावित भएको चुमनुब्री गाउँपालिका–७...
उपभोक्ता अदालत महिनौँदेखि नेतृत्वविहीन, उपभोक्ता मर्कामा
काठमाडौँ । आम उपभोक्तालाई न्याय दिने उद्देश्यले गएको चैतमा स्थापना गरिएको उपभोक्ता अदालत छ महिनादेखि नेतृत्वविहीन छ । अदालतको नेतृत्व नै नरहँदा न्याय सम्पादन प्रभावित भएको छ ।
बजार भाउ नियन्त्रण गर्ने, उपभोक्ता ठगी रोक्न र अन्यायमा परेका उपभ...
प्रधान सेनापति सिग्देल एक साताका लागि चीन प्रस्थान
काठमाडौँ । प्रधान सेनापति अशोकराज सिग्देल चीन प्रस्थान गरेका छन् । चीन सरकारको औपचारिक निमन्त्रणामा उनी एक साताका लागि आज त्यसतर्फ गएका हुन् । प्रधान सेनापति सिग्देल चीनमा आयोजना हुने ‘चाइना फोरम’ कार्यक्रममा सहभागी हुनेछन् । भ्रमणका क्रममा उनले च...
सरकारसँग छ बुँदे सहमतिपछि टुट्यो डा. निकोलस र हरिशको अनशन
काठमाडौँ । सरकारले डा निकोलस भुसाल र हरिश विष्टसँग छ बुँदे सम्झौता गरेसँगै उनीहरूको ११ औँ दिनको अनशन अन्त्य भएको छ । शुक्रबार सरकारका तर्फबाट प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल तथा अनशनरत डा भुसाल र विष्टबीच सम्झौतापत्रमा हस्ताक्षर भएको...
आज सीता र रामको पूजा गरी मनाइँदै विवाह पञ्चमी मनाइँदै
काठमाडौँ । त्रेतायुगमा मार्ग शीर्ष शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा आज देशभर राम सीताको पूजा आराधना गरी विवाह पञ्चमी पर्व मनाइँदैछ ।
मिथिलाको प्राचीन राजधानी जनकप...
विदेशको मोह त्यागेर कृषिमा रमाएको चन्द्रवंशी परिवार
काठमाण्डौँ । बराहक्षेत्र नगरपालिका–९ श्रीलङ्का टप्पुका अर्जुन चन्द्रवंशीले आफ्ना चार छोरालाई कृषि पेसा आबद्ध गराउनुभएको छ । करिब दुई दशकदेखि गोलभेँडालगायत तरकारीखेती गर्दै आउनुभएका उहाँले कृषि पेसालाई नै परिवारको मुख्य आम्दानीको स्रोत बनाउनुभएको छ...



