बिहिबार, १२ कात्तिक २०८३
नेपाली

आजदेखि बजारमा भरी सिलिण्डर ग्यास : मूल्य प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ निर्धारण

Main News Image

काठमाडौँ । बजारमा देखिएको खाना पकाउने ग्यास एलपी ग्यासको असहजता र उपभोक्ताको मागलाई सम्बोधन गर्दै नेपाल आयल निगमले आज  बुधबारदेखि देशभर पूर्ण तौल भरी सिलिण्डर को ग्यास बिक्री वितरण सुरु गर्ने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवको विशेष निर्देशनपछि निगमले यो व्यवस्था मिलाएको हो ।

नेपाल आयल निगमले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै बजारमा साविककै १४।२ केजीको भरी सिलिण्डर बिक्री वितरणको व्यवस्था मिलाइएको आधिकारिक जानकारी दिएको छ ।


mediabaaji add

सम्बन्धित खबर

फेरि बढ्यो अण्डाको भाउ !

चितवन । चिसो बढ्दै जाँदा अण्डाको खपत बढेको छ । त्यसमाथि भारतीय सीमा क्षेत्रमा कडाइ भएपछि अवैध अण्डा रोकिएको छ । जसका कारण नेपाली अण्डाले राम्रो मूल्य पाउन थालेको किसानहरू बताउँछन् । योसँगै शनिबारदेखि लागू हुनेगरी नेपाल...

बाढी–पहिरो प्रभावितका लागि केआईईसीको १५ लाख ५५ हजार ५५५ रुपैयाँ सहयोग

काठमाडौँ । भोटेकोशी क्षेत्रलगायत देशका विभिन्न स्थानमा आएको बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहतका लागि केआईईसीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १५ लाख ५५ हजार ५५५ रुपैयाँ सहयोग गरेको छ । केआईईसीको मुख्य कार्यालयसहित देशभर रहेका शाखाहर...

सिंगटी हाइड्रोले १०० प्रतिशत हकप्रद जारी गर्ने

काठमाडौँ । सिंगटी हाईड्रो इनर्जी लिमिटेडले हकप्रद निष्कासन गर्ने भएको छ । कम्पनीले हकप्रद निष्कासनका लागि बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड नियुक्त गरेको हो । एक कार्यक्रमबीच सिंगटी हाईड्रो इनर्जी लिमिटेडका तर्फबाट प्रबन्ध संचालक सुदिप...

आज सामान्य अंकले बढ्यो नेप्से, ३ अर्ब २२ करोडमा झर्‍यो कारोबार

काठमाडौँ । साताको चौथो कारोबार दिन नेप्से परिसूचक १.३७ अंकले बढेर २५८५.८७ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा ३३४ कम्पनीको ७२ लाख २४ हजार ९१७ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब २२ करोड ४६ लाखको सेयर कारोबार भएको छ । आज १११ कम्पनीको सेयर मूल्य बढ्दा...

दुई कम्पनीको शेयरमूल्यमा सर्किट, अन्य यी कम्पनीका लगानीकर्ता मालामाल !

काठमाडौँ । साता कारोबारको दोस्रो दिन मंगलबार नेप्से परिसूचक ५.३० अंकले घटेर २५९४.२७ को विन्दुमा कायम भएको छ । यसदिन १८७ कम्पनीको शेयरमूल्य घट्दा ७८ कम्पनीको भने बढेको हो ।

आज सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज र क्रेष्ट माइक्रो लाइफको शेयरमूल्य स...

आइतबार यस्तो छ विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ५६ पैसा र बिक्रीदर १४२ रुपैयाँ १६ पैसा निर्धारण गरिएको छ ।