स्वच्छ वातावरणदेखि हरित अर्थतन्त्रसम्म : कांग्रेसको चुनावी प्रतिबद्धता
काठमाडौँ । नेपाली कांग्रेसले ऊर्जा, यातायात, उद्योग र पूर्वाधार क्षेत्रमा संरचनागत सुधार गर्दै सन् २०४५ सम्म नेटजिरो उत्सर्जन राष्ट्र बनाउने राष्ट्रिय प्रतिबद्धता कार्यान्वयन गर्ने जनाएको छ । यसअघि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले सन् २०२१ मा स्कटल्याण्डमा आयोजित कोप २६ मा नेपाललाई सन् २०४५ सम्म नेटजिरो कार्बन उत्सर्जन राष्ट्र बनाउने घोषणा गरेका थिए। त्यसअनुसार राष्ट्रिय निर्धारित योगदान ९एनडिसी० र अनुकूलन योजना तयार गरिएको थियो।
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि सार्वजनिक प्रतिज्ञापत्रमा कांग्रेसले घोषित प्रतिबद्धतालाई परिणाममा रूपान्तरण गर्न आवश्यक वित्तीय स्रोत, प्रविधि, संस्थागत क्षमता र स्पष्ट कार्ययोजना सुनिश्चित गर्ने उल्लेख गरेको छ । ऊर्जा तथा औद्योगिक र घरायसी क्षेत्रमा स्वच्छ तथा नवीकरणीय ऊर्जाको प्रयोग उल्लेख्य रूपमा बढाउने लक्ष्य पनि राखिएको छ ।
वातावरण तथा वन संरक्षण, कार्बन उत्सर्जन कटौती, हरित अर्थतन्त्रको प्रवर्द्धन र विपद् पूर्वतयारीमार्फत जलवायु परिवर्तन तथा प्रदूषणबाट जनस्वास्थ्य र जनजीविकामा परेको असर न्यूनीकरण गर्ने योजना कांग्रेसले अघि सारेको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
स्थानीय तहको सीमा विवाद समाधान गर्न सरकारले ल्याउँदै नयाँ मापदण्ड
काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तह र वडाहरूको सीमाङ्कनमा देखिएका जटिलताहरूलाई नीतिगत रूपमै समाधान गर्न नयाँ मापदण्ड तयार गरेको छ ।
सिफारिस एउटा वडाबाट हुने तर जग्गाको भूगोल अर्को वडामा पर्ने जस्ता प्राव...
लेखराज भट्टले अस्वीकार गरे ओली समूहको सचिव पद
काठमाडौँ । नेकपा एमालेका सचिव लेखराज भट्टले सचिव पदमा उम्मेदवार नबन्ने बताएका छन् । अध्यक्ष केपी शर्मा ओली समूहबाट सचिव उम्मेदवारमा नाम आएपछि भट्टले त्यसबारे आफूलाई जानकारी नभएको बताए । नेकपा एमालेको जारी ११औँ महाधिवेश...
निर्वाचनका लागि एकीकृत निर्वाचन सुरक्षा योजना–२०८२ स्वीकृत
काठमाडौं । फागुन २१ गते घोषणा गरिएको प्रतिनिधि सभाको निर्वाचनका लागि एकीकृत निर्वाचन सुरक्षा योजना–२०८२ स्वीकृत गरिएको छ । गृहमन्त्रीको अध्यक्षतामा आइतबार बसेको चारवटै सुरक्षा निकायसहितको बैठकले एकीकृत निर्वाचन स...
आज केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै
काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले आज आइतबार केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका छन् । बैठकमा गृह तथा रक्षा सचिवका साथै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख तथा प्रत...



