बिहिबार, १२ कात्तिक २०८३
नेपाली

विजय लघुवित्तको एफपीओ बाँडफाँट

Main News Image

काठमाडौँ । विजय लघुवित्त वित्तीय संस्थाको एफपीओ आज पुस ६ गते बाँडफाँट गरिएको छ । धितोपत्र बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा आज बिहान विजय लघुवित्तको एफपीओ बाँडफाँट गरिएको हो ।

साविकको नयाँ सारथी लघुवित्त वित्तीय संस्था र विजय लघुवित्त वित्तीय संस्थाको मर्जपश्चात ७४ कोड ५० लाख ४० हजार ३५९ रुपैयाँ चुक्तापुँजी पुगेको यस लघुवित्तको संस्थापक र सर्वसाधारण समूहको सेयर स्वामित्व ७४.३९ः२५.६१ रहेको थियो । सोही अनुपात समायोजन लघुवित्तले १०० अंकित दरका ४ लाख ६६ हजार ८१७ कित्ता साधारण सेयरहरु थप सार्वजनिक निष्कासन गरेको हो ।

धितोपत्र बिक्री प्रबन्धकका अनुसार कुल २१ लाख ९९ हजार २६ आवेदकबाट २ करोड ५० लाख ४१ हजार कित्ता सेयर माग भएको छ । जसमा २१ लाख ९६ हजार ३४ आवेदकबाट माग भएको २ करोड ५० लाख ५८० कित्ता सेयर सदर भएको थियो भने २ हजार ९९२ आवेदकबाट माग भएको ४० हजार ४२० सेयर बदर भएको थियो ।

मागभन्दा बढी आवेदन परेका कारण यो एफपीओ गोलाप्रथाबाट बाँडफाँट गरिएको छ। जसमा भाग्यमानी ४६ हजार ६८१ आवेदकले १० कित्ताका दरले सेयर पाएका छन् । तिनै भाग्यमानी आवेदकमध्ये ७ जनाले थप १–१ कित्ता सेयर पाएका छन्। यस हिसाबले २१ लाख ४९ हजार ३५३ सदर आवेदकको हात खाली भएको छ ।

mediabaaji add

सम्बन्धित खबर

मच्छिमको तामाखानी उत्खननका लागि अध्ययन सुरु

काठमाडौँ । म्याग्दीको धवलागिरि गाउँपालिका–७ मच्छिममा रहेको तामाखानी उत्खननका लागि अध्ययन थालिएको छ । खानी तथा भूगर्भ विभागबाट अनुमति पाएको कम्पनी ‘एमएस दोङयी मिनरल्स’ प्रालिले तामाखानीको खोजतलास तथा उ...

घट्यो हवाई भाडा !

काठमाडौँ । हवाई इन्धनको मूल्य घटेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक हवाई यात्रुका लागि न्यूनतम भाडा घटाएको छ । नेपाल आयल निगमले पुस १६ गतेदेखि हवाई इन्धनको मूल्य प्रतिलिटर ६ रुपैयाँले घटाएपछि त्यसको असर हवाई भाडामा देखिएको हो । यसअघि प्र...

अर्धवार्षिक समीक्षामा सरकारको आम्दानी–खर्च कमजोर, पुँजीगत खर्च १२ प्रतिशतमै सीमित

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को अर्धवार्षिक समीक्षामा सरकारको आम्दानी र खर्च दुवै कमजोर देखिएको छ । पुस मसान्तसम्म केन्द्र सरकारको आम्दानी वार्षिक लक्ष्यको ३८ प्रतिशत र खर्च ३५ प्रतिशतमा सीमित भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।