हात्तीपाइले फैलिएपछि चार लाखलाई औषधि खुवाइँदै
सर्लाही । सर्लाही जिल्लाका १२ ओटा स्थानीय तहमा हात्तीपाइले ९फाइलेरिया० रोग पुनः फैलिएको पुष्टि भएपछि स्वास्थ्य निकायले व्यापक औषधि खुवाउने अभियान शुरू गरेको छ । जिल्ला स्वास्थ्य कार्यालय सर्लाहीका अनुसार जोखिम देखिएका पालिकामा विशेष निगरानीसहित औषधि सेवन गराउने तयारी गरिएको हो ।
विश्व स्वास्थ्य सङ्गठन र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले गत असोज महिनामा सर्लाहीका २० ओटै पालिकामा नमूना सङ्कलन गरी परीक्षण गरेको थियो । परीक्षणपछि जिल्लाको दक्षिणी क्षेत्रका १२ पालिकामा हात्तीपाइलेको सङ्क्रमण अझै सक्रिय अवस्थामा रहेको देखिएपछि औषधि खुवाउने निर्णय गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
बलरा नगरपालिका, रामनगर गाउँपालिका, धन्कौल गाउँपालिका, बसवरिया गाउँपालिका, चक्रघट्ट गाउँपालिका, गोडैता नगरपालिका, विष्णु गाउँपालिका, कौडेना गाउँपालिका, मलङ्गवा नगरपालिका, ब्रह्मपुरी गाउँपालिका, पर्सा गाउँपालिका र हरिपुर्वा नगरपालिकामा गरिएको परीक्षणका क्रममा ३०० नमूनामध्ये २८ जनामा सङ्क्रमण देखिएको थियो ।
तीमध्ये पनि राति सङ्कलन गरिएको नमूनामा पाँच जना सक्रिय सङ्क्रमित भेटिएका थिए। जिल्लाका उत्तरी भेगका बाँकी आठ पालिकामा भने रोग फैलिने क्रम नियन्त्रणमा आएको छ। अभियानअन्तर्गत शुरूमा स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयम्सेविकालाई तालिम दिइनेछ । त्यसपछि उनीहरू घरघरमै पुगेर औषधि खुवाउनेछन्। मलङ्गवा नगरपालिकामा माघ ८ गतेदेखि औषधि खुवाउन शुरू भइसकेको र अन्य पालिकामा तालिम जारी रहेको जनाइएको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
पूर्व प्रधानमन्त्री नेपाल अस्पताल भर्ना
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल अस्पताल भर्ना भएका छन् । मुटुको समस्या देखिएपछि बिहीबार उनलाई महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिस भाष्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको छ । उनल...
वरिष्ठ सौन्दर्यविद् महराद्वारा स्पार्कल ब्यूटी एण्ड एकेडेमीको उद्घाटन
काठमाडौँ । नारायणी कम्पलेस कालिमाटीमा स्पार्कल ब्यूटी एण्ड एकेडेमी सञ्चालनमा आएको छ ।
वरिष्ठ सौन्दर्यविद् तथा फेसियल हाउसकी प्रबन्ध निर्देशक सुष्मा महराले शनिबार एक कार्यक्रमका बीच स्पार्कल ब्यूटी एण्ड एकेडेमी उद्घाटन गरेकी...
पाल्पामा एआई प्रविधिबाट क्षयरोगी खोज अभियान सञ्चालन
काठमाडौँ । पाल्पाको पूर्वखोला गाउँपालिकामा आर्टिफिसियल इन्टेलिजेन्स ९एआई० एक्सरे प्रविधिमार्फत क्षयरोगी पहिचान गर्ने अभियान सञ्चालन गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालयको समन्वयमा वीरकोट र सिलुवा स्वास्थ्य चौकीमा शिविर आयोजना गरी परीक्षण गरिएको हो...
विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै
काठमाडौँ । विश्व वातावरण दिवस २०२६ आज देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । ‘समृद्ध भविष्यको आधारः जलवायु एवं प्रकृतिमैत्री विकास’ मूल नारासहित सप्ताहव्यापी रूपमा मनाउन लागिएको हो । दिवसका अवसरमा वातावरण विभागले ललितपुरमा विशेष कार्यक्रम आयोजना...
अन्तर्राष्ट्रिय आरोग्य दिवस आज, टुँडिखेलमा विशेष कार्यक्रम सम्पन्न
काठमाडौँ । आज अन्तर्राष्ट्रिय आरोग्य दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नेपालकै पहलमा संयुक्त राष्ट्रसंघले यो दिवस घोषणा गरेपछि पहिलो पटक औपचारिक रूपमा मनाउन लागिएको हो । समग्र स्वास्थ्य, सुख र सन्तुलित जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यसहित रा...
सर्लाहीका यी १२ पालिकामा फेरि फैलियो हात्तीपाइले, ४ लाखभन्दा धेरैलाई औषधि खुवाउने तयारी
काठमाण्डौँ । सर्लाहीका १२ स्थानीय तहमा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइने भएको छ । स्वास्थ्य कार्यालय सर्लाहीका अनुसार जिल्लाका १२ वटा पालिकामा हात्तीपाइले रोग सङ्क्रमण फैलिरहेको पाइएपछि विशेष अभियानमार्फत औषधि खुवाउन लागिएको हो ।
...



