पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई पितृशोक
काठमाडौँ । पूर्व प्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी प्रलोपाका संरक्षक डा बाबुराम भट्टराईलाई पितृशोक परेको छ । भट्टराईका बुबा भोजप्रसाद भट्टराईको ९७ वर्षको उमेरमा बिहीबार बिहान निधन भएको छ ।
निकटस्रोतका अनुसार उनको स्वास्थ्य केही दिनयता जटिल बनेको थियो। त्यसपछि बाँसबारीस्थित न्युरो हस्पिटलमा उपचारका लागि राखिएको थियो। जहाँ उनको निधन भएको हो । स्वर्गीय भट्टराईको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने बताएको छ । स्वर्गीय भट्टराईका २ छोरा २ छोरी छन्। छोराहरू बाबुराम भट्टराई, शिवप्रसाद भट्टराई र छोरीहरूमा पार्वती भट्टराई र थीरकुमारी भट्टराई हुन् ।
एक्सप्रेस
सम्बन्धित खबर
नेपालको चुच्चे नक्सा अंकित एक रुपैयाँको नयाँ सिक्काको डिजाइन तयार
काठमाडौँ । सरकारले नेपालको चुच्चे नक्सा र आकाश भैरवको चित्र समेटिएको एक रुपैयाँको नयाँ सिक्काको डिजाइन तयार पारेको छ । अर्थ मन्त्रालयका अनुसार राष्ट्रिय पहिचान झल्काउने प्रतीकहरू समावेश गरी तयार पारिएको यो डिजाइनलाई अब बस्ने मन्त्रिपरिषद्को बैठकबा...
आगलागीबाट दैनिक क्षति, सावधानी अपनाउन प्राधिकरणको आग्रह
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ६ मङ्सिरमा देशभर १८ विपद्का घटना भए । त्यसमा आगलागीका मात्र १५ घटना थिए । उदयपुर, रौतहट, बारा, काठमाडौँ र कपिलवस्तुमा आगलागीका दुई–दुईव...



