अनसनरत डा निकोलससँग वार्ता गर्न वार्ता टोली गठन
काठमाडौँ । सरकारले अनसनरत डा निकोलस भुसालसँग वार्ता गर्न टोली गठन गरेको छ । गत भदौ २३ र २४ गते भएको जेनजी घटनाका दोषीमाथि कारबाही गर्नुपर्ने, संविधान संशोधन गरी राष्ट्रिय सभा र प्रदेश संरचना खारेज गर्नुपर्ने तथा प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको निर्वाचन प्रणाली लागू गर्नुपर्नेलगायत पाँच बुँदे माग राख्दै ११ दिनदेखि अनसन बस्दै आएका डा भुसालसँग वार्ता गर्न सरकारले बिहीबार प्रधानमन्त्रीका प्रमुख सल्लाहकार अजयभद्र खनालको संयोजकत्वमा वार्ता समिति गठन गरेको हो ।
वार्ता समितिको सदस्यमा प्रधानमन्त्रीका जनसम्पर्क सल्लाहकार गोविन्दनारायण तिमिल्सिना, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव डा भीष्मकुमार भुसाल र जिल्ला प्रशासन कार्यालय, काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेल छन् । माइतीघर मण्डलामा अनशन बस्दै आएका डा भुसालको स्वास्थ्यमा समस्या देखिएपछि बुधबार उपचारका लागि वीर अस्पताल भर्ना गरिएको छ । बुधबार नै गृहमन्त्री ओमप्रकाश अर्याल वीर अस्पताल पुगी अनशनरत डा भुसालको स्वास्थ्यावस्थाबारे जानकारी लिएका थिए ।
एक्सप्रेस
सम्बन्धित खबर
भरतपुरमा ८८ किलोमिटरभन्दा लामो चक्रपथ निर्माण, मेयर–उपमेयरले गरे उद्घाटन
काठमाण्डौँ । देशको सबैभन्दा लामो महानगरस्तरीय बृहत् चक्रपथ भरतपुर महानगरपालिकाका विभिन्न वडाहरू जोड्ने नेसनल हाइवे एनएच–७७ आज एक कार्यक्रमबीच उद्घाटन गरिएको छ । महानगर प्रमुख रेणु दाहाल र उपप्रमुख चित्रसेन अधिकारीले भरतपुर–९ स्थित गोन्द्राङको जिरो...
मौसम पूर्वानुमान : उपत्यकाको तापक्रम घट्दो क्रममा
काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले हाल देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको जनाएको छ । महाशाखाका अनुसार हाल देशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ भन...
सल्यानमा स्क्रब टाइफसबाट मृत्यु हुनेको संख्या १० पुग्यो, दार्मामा मात्रै २८१ जना संक्रमित
सुर्खेत । सल्यानमा स्क्रब टाइफस सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ । दार्मा गाउँपालिका ४ का ६२ वर्षीय जितबहादुर मल्लको उपचारका क्रममा नेपालगञ्जमा मृत्यु भएसँगै जिल्लामा यस रोगबाट ज्यान गुमाउनेको संख्या १० पुगेको छ । स्वास्थ्य सेवा कार्यालय सल्य...



