परराष्ट्रले भन्यो : इरान नजानु, त्यहाँ रहेका तत्काल फर्किनु
काठमाडौँ । इरानमा विकसित पछिल्लो राजनीतिक तथा सुरक्षा परिस्थितिलाई ध्यानमा राख्दै नेपाल सरकारले आफ्ना नागरिकका लागि ट्राभल एड्भाइजरी जारी गरेको छ । परराष्ट्र मन्त्रालयले आइतबार सार्वजनिक गरेको सूचनामा अवस्था सामान्य नहुँदासम्म इरान यात्रा नगर्न तथा त्यहाँ रहेका नेपाली नागरिकलाई सकेसम्म चाँडो स्वदेश फर्किन अनुरोध गरिएको छ ।
मन्त्रालयका अनुसार हाल इरानमा जारी आन्दोलन, हिंसात्मक झडप र अनिश्चित अवस्थाले विदेशी नागरिकहरूको सुरक्षामा जोखिम बढाएको छ । यही कारणले नयाँ यात्रा योजना स्थगित गर्न र काम वा बसोबासका सिलसिलामा इरानमा रहेका नेपाली नागरिकलाई कुनै पनि माध्यमबाट छिटो देश छाड्न सुझाइएको हो ।
एक्सप्रेस
सम्बन्धित खबर
नौ दिनपछि खुल्यो ताक्सुगाडमा बाढीले बगाएको भेरी करिडोर, पुनः अवरुद्ध हुने जोखिम कायमै
जाजरकोट । जाजरकोटको नलगाड नगरपालिका–१० र ११ को सीमाक्षेत्र ताक्सुगाडमा बाढीले बगाएको भेरी करिडोरअन्तर्गतको सडक नौ दिनपछि सञ्चालनमा आएको छ। बाढीले सडकसँगै पुल र चारवटा घर बगाएपछि अवरुद्ध बनेको जाजरकोट–डोल्पा सडकखण्ड नलगाड नगरपालिकाको समन्वयमा भेरी...
नवलपुर गैंडाकोटमा ईभी हाइस दुर्घटना, ८ जना घाइते
काठमाडौँ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको गैंडाकोट नगरपालिका–१० पितौजीमा सोमबार राति ईभी हाइस दुर्घटना हुँदा ८ जना घाइते भएका छन्। पोखराबाट कपिलवस्तुतर्फ जाँदै गरेको बाप्र०२–००३ च १२०५ नम्बरको हाइस अनियन्त्रित भई दुर्घटनामा परेको जिल्ला प्...
धोबी खोला करिडोरका पक्की घर भत्काउन थालियो
काठमाडौँ । काठमाडौं महानगरपालिका–१० धोबी खोला क्षेत्रमा रहेको देवीनगरमा अतिक्रमण गरी बनाइएका पक्की भवनहरू भत्काउन सुरु गरिएको छ ।
आजदेखि यहाँ रहेका घरटहरा हटाउन सुरु गरिएको महानगर प्रहरी बलका प्रमुख विष्णु जोशीले जानकारी दिए। उनले भने, ‘उपत्...
मंगलबार कस्तो रहला देशभरको मौसम ?
काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यून चापिय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको छ । हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी तथा हिमाली भूभागमा साधारणतया बादल लागेको छ र बाँकी भू भागमा आंशिक बादल लागेको छ ।
गण्डकी प्रदेशका...
बाढीको कारण हिउँ–चट्टानको हिम पहिरो, तल्लो तटीय क्षेत्रमा सजगता अपनाउन आग्रह
काठमाडौँ । रसुवामा बुधबार बिहान आएको भीषण आकस्मिक बाढीले ठुलो जनधनको क्षति पुर्याएको छ । भोटेकोशी र त्रिशूली नदी प्रणाली हुँदै पानी, गेग्रान र ठुला ढुङ्गासहितको शक्तिशाली बाढी बगेपछि तल्लो तटीय क्षेत्रमा थप असर पर्न सक्ने भन्दै विज्ञहरूले सजगता अ...
घट्यो काठमाडौँको न्यूनतम तापक्रम
काठमाण्डौँ । सुरुवाती मापनमा बिहीबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम घटेको छ । मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारीअनुसार आज बिहान ५:४५ बजे काठमाडौँको न्यूनतम तापक्रम ३.३ डिग्री सेल्सियस छ
हिजो बुधबार यो समय काठमाडौँको न्यूनतम त...



