विदेशी मुद्रा विनिमयदर : अमेरिकी डलरसँगै युरो र पाउन्डको मूल्य घटबढ
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ८८ पैसा र बिक्रीदर १५१ रुपैयाँ ४८ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ २९ पैसा र बिक्रीदर १७५ रुपैयाँ ९९ पैसा तोकिँदा युके पाउन्ड स्ट्रलिङको खरिददर २०४ रुपैयाँ ०४ पैसा र बिक्रीदर २०४ रुपैयाँ ८५ पैसा पुगेको छ ।
त्यसैगरी, स्वीस फ्र्यांक एकको खरिददर १८६ रुपैयाँ ३८ पैसा र बिक्रीदर १८७ रुपैयाँ १२ पैसा, अष्ट्रेलियन डलरको खरिददर १०८ रुपैयाँ ६३ पैसा र बिक्रीदर १०९ रुपैयाँ ०७ पैसा तथा क्यानेडियन डलरको खरिददर १०९ रुपैयाँ ३१ पैसा र बिक्रीदर १०९ रुपैयाँ ७४ पैसा निर्धारण गरिएको छ। सिंगापुर डलरको खरिददर ११९ रुपैयाँ ०२ पैसा र बिक्रीदर ११९ रुपैयाँ ५० पैसा कायम भएको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
नेप्सेमा १२.५८ अंकको गिरावट, ८ अर्ब ६३ करोडमा झर्यो कारोबार
काठमाडौँ । साताको तेस्रो कारोबार दिन नेप्से परिसूचक १२.५८ अंकले घटेर २६८३.१५ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा ३२२ कम्पनीको १ करोड ८७ लाख ०३ हजार १८३ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ६३ करोड १५ लाखको सेयर कारोबार भएको छ । आज ६६ कम्पनीको सेयर मू...
बजारमा ३ देखि ४ सय रुपैयाँसम्म चामलको भाउ बढ्यो !
काठमाडौँ । नेपाली बजारमा चामल महँगिएको छ । उद्योगदेखि खुद्रा बजारसम्म चामलको मूल्य बढेको छ । दुई महिना अवधिमा मात्रै २५ किलो बोराको चामल ३ देखि ४ सय रुपैयाँसम्म बढेको व्यवसायीले बताएका छन् ।
उद्योगी तथा व्यवसायीका अनुसार भारतले चामल निर्यात...
विदेशी मुद्राको विनिमयदर : अमेरिकी डलर र युरोको भाउ कति ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले भदौ ३१ गतेका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकले जारी गरेको नयाँ विनिमयदर अनुसार आज अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ २४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ८४ पैसा कायम भएको छ ।
त्यस्त...
नारायणगढ–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै
नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्डको जङ्गलमा थप दुईवटा ‘ओभरहेड क्यानोपी ब्रिज’ बाँदर वारपार गर्ने आकासे झोलुङ्गे पुल निर्माण गरिने भएको छ । एसियाली राजमार्ग मापदण्डअनुसार चार लेनमा विस्तार भएको यस खण्डको कावासोती र लाकाहा...
पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित
गण्डकी । अघिपछि सुनसान देखिने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान र आगमन कक्षमा बुधबार दिउँसोदेखि नै चहलपहल सुरू भएको थियो । फ्लाई दुबईले दुबई–पोखरा–दुबई नियमित व्यावसायिक उडान सुरू गरेपछि पहिलो उडानबाट पोखरा आउने यात्रुको स्वागतसँगै पोखराब...
नेपाल राष्ट्र बैंकले आज २५ अर्बको ऋणपत्र जारी गर्दै
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज कुल २५ अर्ब बराबरको एकवर्षे अवधिको ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४’ जारी गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले एक सूचना जारी गर्दै अनलाइन बोलकबोल प्रणालीमार्फत आज दिउँसो ३:०० बजेसम्म बोलकबोल प्...



